ट्रेड युनियन महासङ्घको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप /अध्यक्ष झाक्री सहित ११ जना पक्राउ

काठमाडौं : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्री, सचिव देव परियारलाई पक्राउ गरेको छ । यस्तै केन्द्रीय सदस्यहरु शिशिर थापा, एल. वि. बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाहलाई पनि पक्राउ गरेको छ । पक्राउ गरिएका सबैलाई वडा प्रहरी कार्यालय सिंहदरबारमा राखिएको छ । महासंघले मंगलबार दिउँसो काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले कार्यक्रममै हस्तक्षेप गरी पक्राउ गरेको हो । पोखरामा हालै सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनको निर्णयहरुको बारेमा जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

 

२०७५ वैशाख २५ गते मंगलबार ३ :५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :