भारतीयहरुको नेपालमा फेरि हस्तक्षेप बढ्यो

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउने समय नजिकिंदै गर्दा भारतीयहरुबाट हस्तक्षेप र ज्यादतीका घट्ना बढिरहेका छन् । पर्साको जगरनाथपुर गाउँपालिका वडा १ स्थित पीपलडाँडी टोल नजिकको ओरीया नदीमा सीमापारीबाट पाँच सय भन्दा बढि ट्याक्टरले एक महिना अगाडिदेखि ढुंगा, बालुवा भारततिर ओसारीरहेका छन् । उक्त सामान दिनहुँ ओसारपसार गर्र्दा स्थानीय जनताले भारतीय ज्यादती र हस्तक्षेप अतिनै बढेको बताउने गरेका छन् । नेपालको राष्ट्रियता र सार्वभौमितामाथिको हस्तक्षेप अत्याधिक भएको आम मानिसले महसुस गरिरहेको बेला भारतीय पक्षले नेपाली भूमिबाट मनोमानी ढंगले ढुंगा, बालुवा ओसार्ने गरेको पर्साका स्थानीय बासिन्दा बताउ छन् । भारतीय पक्षले यस्तो दादागिरी बढाउँदा पनि स्थानीय प्रशासन मूखदर्शक बनेको स्थानीयको गुनासो छ ।
२०७५ वैशाख २५ गते मंगलबार बिहान ११ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :