लेनिनका विलक्षण चारित्रिक गुणहरू– २

जनताप्रति प्रेम, सम्मान र विश्वास

श्रमिक जतनाका सच्चा नेतामा एउटा गुणको विकास हुनु आवश्यक छ । त्यो गुण के भने उसले जनतालाई आफूसँगसँगै लैजान, तिनीहरूलाई सिकाउन, सचेत तथा सशक्त पार्न र साथै जनताबाट सिक्न, र तिनीहरूको अनुभवबाट आफूलाई अरू प्रबुद्ध बनाउन सक्नुपर्छ । एकले अर्कोलाई सिकाउने र एकले अर्कोबाट सिक्ने एउटा त्यस्तो उपाय हो जसले नेता, पार्टी र जनतालाई बाँधिराख्ने बलियो सूत्र र कडीको काम गर्दछ । सर्वसाधारण जनतालाई सिकाउ र सर्वसाधारण जनताबाट सिक – लेनिनको राजनीतिक क्रियाकलापमा एउटा मूल मन्त्र त्यही थियो । लेनिन जनतालाई सिकाउन मात्र होइन, जनताबाट सिक्न पनि त्यतिकै चासो र ध्यान राख्दथे । यस सम्बन्धमा अल्बर्ट विलियमको भनाइ तल उद्धृत गरिएको छ :

“तर अर्कोतिर, कटु जीवन र श्रमको कठोर पाठशालाबाट किसानले व्यावहारिक रूपबाट थुप्रै कुरा जानेको हुन्थ्यो । ऊसित धर्तीको ज्ञान थियो । उसले जानेको कुरालाई आफूले थाहा पाउन लेनिन उत्सुक थिए । सबै साँच्चिकै महान् व्यक्तिहरूझैँ, लेनिन यति विनम्र थिए कि उनले अत्यधिक अशिक्षितहरूसित पनि आफूलाई दिने केही कुरा छ भन्ने बुझेका थिए । यसरी उनको सूचनाका सूत्रहरू अत्यधिक विविध स्थान र जनसमुदायहरूसम्म पुगेका थिए । र जम्मा भएका हजारौँ तथ्यहरूलाई उनी सावधानीपूर्वक तौलन्थे, केलाउँथे, विश्लेषण गर्थे । त्यसबाट उनलाई आफ्ना शत्रुहरूको भन्दा बढी फाइदा हुन्थ्यो, जसको कारण उनी तिनीहरूलाई बुद्धि र चतु¥याइँमा पछि पार्न समर्थ भए …
“साधारण जनतासित उनलाई दिने केही कुरा थियो । त्यही नै उनी तिनीहरूलाई स्वागत गर्न सदा तत्पर रहनाको एउटा कारण थियो । दोस्रो कारण के भने उनीसित तिनीहरूलाई दिनका लागि केही कुरा थिए– सामाजिक शक्तिहरूसम्बन्धी र क्रान्तिको रणनीतिसम्बन्धी उनको ज्ञान, समाजवादको निर्माणका लागि उनका योजना र परियोजनाहरू । अझ अर्को र अत्यधिक बलियो कारण के थियो भने लेनिन तिनीहरूलाई मनपराउँथे– मूल रूपमा तिनीहरूलाई मन पराउँथे र प्यार गर्दथे । जसरी लेनिनमा पुँजीवादका परजीवी र पिट्ठूहरू – दलालहरू, फाटकबाजहरू, चालबाजहरू र छलीहरूप्रति असामान्य घृणा थियो ः त्यस्तै, अर्कोतिर, उनमा सम्पदाका उपजहरू, कोइला, ढुङ्गा र धातुका काम गर्ने मजदुरहरू, खेत र बनमा काम गर्ने मजदुरहरूप्रति असाधारण स्नेह थियो ।

जनताबाट सिक्ने लेनिनको चासो र उत्सुकता कति तीव्र रहेको थियो भन्ने स्पष्ट पार्न अल्बर्ट विलियमले आफ्नो संस्मरणमा एउटा घटनाको उल्लेख गरेका छन् । साधारण जनतासित, मजदुर र किसानहरूसितको भेट र त्यसका लागि समय दिने कुरा लेनिनको प्राथमिकतामा परेको थियो । मनिसहरूसित भेट गर्ने कार्यमा लेनिन बडो समयपालक ९उगलअतगब०ि थिए । एकपल्ट लेखक र अन्य केही व्यक्ति लेनिनले दिएको समयमा उनलाई भेट्न जाँदा भेट पाउन डेढ घन्टा पर्खिनुपरेको थियो र उनीहरूले लेनिन कुनै विशिष्ट मानिससित कुरा गरिरहेका होलान् भन्ठानेका थिए । तर, अल्बर्ट भन्छन् :

“आखिरमा ढोका खुल्यो र मटानमा बसिरहेका सबैलाई छक्क लाग्ने गरी कोठाबाट कुनै अफिसर, कूटनीतिज्ञ र उच्च पदमा रहने प्रतिष्ठित व्यक्ति होइन, बरु भेडाको छालाको कोट र बेतको जुत्ता ९दययत० लगाएका एकजना झ्यापुल्ले कपाल भएका किसान –सोभियत भूमिभर लाखौँ सङ्ख्यामा भेटिने एकजना विशिष्ट गरिब किसान – निस्केर आयो ।
“आफ्नो कार्यालयमा पसेर लेनिनले भने ः ‘योताम्बोबबाट आएको किसान थियो र म विद्युतीकरण, सामूहिकीकरण र नयाँ आर्थिक नीति ९ल्भ्ए० बारे उनका विचारहरू सुन्न चाहन्थे । कुरा कति चाखलाग्दो रह्यो भने मैले भुसुक्कै समयलाई बिर्सें’ ।” जनतालाई सिकाउनु र जनताबाट सिक्नु– यो गुण लेनिनको चरित्रमा उच्चतम मात्रामा विकसित भएको थियो । उनले कुन तथ्यलाई राम्ररी बुझेका थिए भने आफूले ग्रहण गरेको क्रान्तिकारी सिद्धान्तलाई यथार्थमा परिणत गर्नका लागि भौतिक आधारको खाँचो पर्छ र त्यो भौतिक आधार भनेको आम श्रमिक जनताको चेतना, सङ्गठन र तागत हुन् । आफ्नो सारा प्रतिभा र जीवनको लक्ष्यलाई उनले जनताको जीवन्त हितको अधीनस्थ राखेका थिए । तसर्थ सिद्धान्त र लक्ष्यप्रति उनको जति अविचल प्रेम र आस्था थियो, त्यत्तिकै प्रेम र विश्वास जनताप्रति पनि थियो ।

शोषित–पीडित जनताप्रति प्रेम र सहानुभूति र शोषक तथा उत्पीडकहरूप्रति असीम घृणा लेनिनमा अति उच्चतम मात्रामा थियो । यसलाई सामान्यतः महान् व्यक्तिको एउटा चारित्रिक गुण मानिन्छ । जनताप्रति लेनिनको सरल व्यवहार, असीम प्रेम र विश्वासको कारणले गर्दा सर्वसाधारण जनताले लेनिनलाई आफूजस्तै एउटा मानिस, आफ्नै मानिसका रूपमा हेर्दथे । डेनमार्कका मार्टिन एन्डर्सनले लेनिनसम्बन्धी संस्मरण–लेखमा एकजना नर्वेजियाली मजदुरले “एकजना सच्चा मानिस छन् । र ती हामीमध्येकै एकजनाजस्तो लाग्छ, मात्र उनका आँखाहरू हजार गुना बढी तीक्ष्ण छन्” भनी लेनिनबारे व्यक्त विचारलाई उद्धृत गरी लेखेका छन् :

“लेनिन जो अपूर्व बुद्धिका मानिस थिए । उनी साधारण जनताका आवाज र दिलको धड्कनलाई ध्यान दिएर सुन्थे, उनीहरू र उनीहरूको कामलाई महत्व दिएर र साधारण मानिस र उसको श्रम नै जीवनको शिखर हो भन्ने देखाएर उनीहरूबाट सिक्थे । यो एउटै कुरा हजारौँ वर्षको दुःखका लागि एउटा पुरस्कार थियो, साधारण जनताले आफू र आफ्नो जीवनबारे यति राम्ररी जानकारी राख्ने व्यक्ति पहिले कहिल्यै देखेका थिएनन् ।”
श्रमिक जनता र त्यसको तागत र रचनात्मकताप्रति लेनिनमा रहेको दृढ विश्वास उनको चरित्रको एउटा विलक्षण विशेषता थियो । शोषण तथा उत्पीडनबाट भयानक दुःखकष्ट भोगिरहेका जनताभित्र ठूलो तागत र सामथ्र्य छ भन्ने कुरामा लेनिनको अटल विश्वास थियो । कोलम्बियाली लेखक लुइस तेजादाले लेनिनबाट आफूले उक्त कुरा सिकेको जिकिर गर्दै लेखेका छन्ः
“लेनिनले मलाई साधारण जनताको दिलको धुकधुकीमा रहेको काव्यलाई बुझ्न र झुत्रो लुगा लगाएका र फोहोरमा बाँचिरहेका जनतामा रहेको सौन्दर्य र तागतका बीजहरूलाई देख्न सिकाए । अब मलाई कुन कुरा थाहा भयो भने सर्वहारा जनसमुदायहरूमा र अत्यधिक पददलित, अशिक्षित तथा अज्ञानी मानिसभित्र समेत मानव– प्रतिष्ठाको कण विकसित हुँदैछ । यसले मात्र मानिसलाई बहादुर, बलियो, उदात्त बन्न र उत्पीडन तथा अनादरको विरुद्ध उठ्न मद्दत गर्नसक्छ ।”

प्रेम र घृणा यस्ता दुईटा विपरीत तत्व हुन् जसमा एकको अस्तित्व अर्कोको अस्तित्वको अभावमा रहन सक्दैन । प्रेम जति मात्रामा बढी र बडेमानको हुन्छ, त्यत्तिकै बढी र बडेमानको घृणा हुन्छ । जोमानिसको दिलमा प्रेम हुन्छ, त्यसमा घृणा पनि हुनैपर्छ । जो मानिस दिलैदेखि आफ्नो देशलाई प्रेम गर्छ, उसले राष्ट्रघात र राष्ट्रघातीप्रति घृणा नगरीकन रहन सक्दैन । लेनिनको चरित्रमा श्रमिक जनताप्रति असीम प्रेम र जनशत्रुहरूप्रति अपार घृणा अभिन्न रूपमा गाँसिएको थियो । त्यो उनको एउटा विशिष्ट चारित्रिक लक्षण थियो । डेनमार्कका हैन्स सचर्पिmगले आफ्नो संस्मरणमा लेखेका छन् :

“दया–माया, एकबद्धता र आफ्ना सहकर्मीहरूको सुखप्रति चासो – उनको जीवनलाई निर्धारित गर्ने यिनै कुरा थिए । अन्यायप्रति घृणा, मानवीय दुःखप्रति असहिष्णुता उनको जङ्गी नारा बन्यो । उनको जीवन–कार्यमा मानवजातिको दुःखप्रति नमेटिने शत्रुता, पृथ्वीमा खराबीको उन्मूलनको सम्भावनामा चहकिलो आस्था, र एउटा निश्चित आशावाद व्याप्त रहको थियो ।” ८

जनताले भोगिरहेका दुर्भाग्य, दुःखकष्ट तथा अन्यायप्रति गहन घृणा र तिरस्कार लेनिनको अपूर्व । त्यसका साथै लेनिनमा कुन कुराप्रति अगाध तथा दृढ विश्वास थियो भने आम जनतामा क्रान्तिकारी सामथ्र्य छ, तिनीहरू दुर्भाग्यहरूको उन्मूलन गर्न, विद्यमान समाजको क्रान्तिकारी रूपान्तरण गर्न सक्छन् । यस सम्बन्धमा गोर्की भन्छन् ः
“मलाई लाग्छ, असामान्य रूपले ठूलो मात्रामा रहेको कुरा यस्तो छ – दुर्भाग्यप्रति उनको असामान्य र नमेटिने घृणा, र दुर्भाग्य जीवनको कुनै हटाउन नसकिने आधार होइन, बरु एउटा घृणित चीज हो, जसलाई जनताले आफ्नो बाटोबाट पन्छाउनुपर्छ र पन्छाउन सक्छन् भन्ने उनको प्रचण्ड विश्वास ।
“उनको चरित्रको यस आधारभूत गुणलाई म एकजना भौतिकवादीको जुझारु आशावाद भन्छु ।”

सरलता, विनम्रता र आत्मत्याग

सरलता, विनम्रता र आत्मत्याग लेनिनको एउटा प्रमुख चारित्रिक विशेषता थियो र उनी उक्त विशेषताका एक उत्कृष्ट तथा चहकिलो दृष्टान्त थिए । १९१८ मा गोर्कीले सोमौवो मजदुर दिमित्री पाब्लोवलाई लेनिनको प्रमुख विशिष्ट लक्षण के हो भनी सोध्दा, त्यसको जबाफमा सो मजदुरले भनेको कुरा उल्लेख गरेका छन् । उनको जबाफ यस्तो थियो ः ‘सरलता ! उनी सत्यजत्तिकै सरल छन् ।’

“सत्यजत्तिकै सरल” – यो लेनिनको चरित्रमा निहित एक निकै महत्वपूर्ण । वास्तवमा सरलता र सत्यता सँगसँगै रहने कुरा हुन्, वास्तविक सत्य एकदमै सरल रहन्छ र सरलता सत्यको एउटा पहिचान र अभिव्यक्ति हो । झूट तथा धोकाबाजी लेनिनको चरित्रका लागि पूरै विजातीय तत्व थिए । सत्य कुरा बोल, सत्य बोल्नुमा हाम्रो विजय छ भन्ने कुरामा लेनिनको दृढ विश्वास थियो । एकपल्ट जिनोविवसितको कुराकानीको सिलसिलामा लेनिनले भनेका थिए ः “हाम्रो कार्यनीति भनेको सर्वसाधारण जनतालाई साँचो कुरा बताउनु हो । सत्य हाम्रो फाइदाका लागि नभए पनि सत्य बताउनैपर्छ अनि मात्र जनताले हामीलाई विश्वास गर्नेछन् । यदि – मात्र यदि हामी सधैँभरि, इतिहासका सबै नागबेलीहरूमा आमजनतालाई सत्य बताउँछौँ भने, यदि हामी इच्छालाई कार्य ठान्दैनौँ भने, यदि हामी तथाकथित ‘कार्यनीतिक फाइदा’ का लागि जनतालाई झूटो बताउँदैनौँ भने हामी अजय हुनेछौँ ।”

इमानदारी र निष्कपटता लेनिनको एउटा निकै प्रशंसनीय चारित्रिक गुण हो । उनको इमानदारी र निष्कपटता एकदमै अद्वितीय खालको थियो र आफ्ना कमरेड र मित्रहरूप्रति उनी सदा इमानदार र निष्कपट रहेका थिए । उनी आफूलाई ठीक लागेको कुरा स्पष्ट र खुलस्त रूपमा भन्थे, उनी एकदमै स्पष्ट वक्ता थिए । बेइमानी, झूट, शब्दजाल आदिप्रति उनको ठूलो घृणा रहेको थियो । आफ्ना विरोधी वा शत्रुप्रति समेत उनको निष्कपट व्यवहार हुने गथ्र्यो । उनको त्यसप्रकारको व्यवहारको दृष्टान्तका रूपमा अल्बर्ट विलियमले एउटा घटना उल्लेख गरेका छन् । उनी भन्छन् :

“उनी आफ्ना खुल्ला शत्रुहरूप्रति समेत पनि निष्कपट छन् । उनको असाधारण निष्कपटताबारे टिप्पणी गर्दै एकजना अङ्ग्रेजी लेनिनको पारा निम्न प्रकारको रहेको बताउँछन् ः ‘व्यक्तिगत रूपमा मलाई तपाईंका विरुद्ध केही भन्नुछैन । तर राजनीतिक दृष्टिले तपाईं मेरो शत्रु हुनुहुन्छ र मैले तपाईंको विनाशका लागि आफूले सकेको हरहतियार प्रयोग गर्नुपर्छ । तपाईंको सरकार मेरोविरुद्ध त्यस्तै काम गर्छ । अब, हामी कतिसम्म सँगसँगै जान सक्छौँ, हेरौँ ।”
“उनका सबै सार्वजनिक वाचनहरूमा यस्तो निष्कपटताको छाप रहेको छ । लेनिनमा स्वाङ, चम्किलो वाक्छल, सफलता–मनोविज्ञानजस्ता राजनेता–राजनीतिज्ञले प्रयोग गर्ने सामान्य सरजाम पाइँदैन । जोकोहीलाई पनि कस्तो लाग्यो भने आफूले गर्न चाहे पनि उनी अरूलाई धोका दिन सक्दैनथे र त्यही कारणले गर्दा उनी आफैँलाई धोका दिन सक्दैनथे : उनको वैज्ञानिक चित्रवृत्ति, तथ्यहरूप्रति उनको उत्कण्ठा ।”निनमा सामान्यतः पुँजीवादी तथा निम्न–पुँजीवादी राजनीतिज्ञहरूमा पाइने शब्दजाल, फाइँफुट्टी, स्वाँगीपन, धाकधम्की, लोकाचार, अहम्भाव आदि दुर्गुणहरूको लेस मात्र पनि थिएन । उनको भाषण तथा बोली एकदम स्पष्ट, सरल र खरो किसिमको हुन्थ्यो । त्यसबारे नदेज्दा क्रुप्स्काया यसो भन्छिन् : “उनको चालढालमा कुनै भावभङ्गिमा, वैचिœय, नाटकीयता वा स्वाँगीपन थिएन ।

“उनको बोल्ने ढङ्ग सरल थियो, चेपारे वा नाटकीय थिएन । उनको बोलाइमा फ्रान्सेली ढङ्गमा हुने ‘प्राकृतिक कृत्रिमता’ थिएन, ‘गाइनेपारा’ को स्वभाव कुनै पनि थिएन… न त त्यसमा अङ्ग्रेजी पाराको कुनै रूखोपन, जडता, निरसता थियो– उनको ढङ्ग उक्त अतिको बीचमा कहीँ रहेको रुसी बोलाइ थियो ।”

हामी अक्सर ठूलाबडा व्यक्तिहरूमा आफू ठूलोको भाव, अहंकार, व्यक्तिपूजाको भाव रहेको पाउँछौँ । लेनिनको व्यक्तित्वमा ती दुर्गुणहरूको कुनै चिह्न थिएन बरु उनको सम्पूर्ण व्यवहारमा सरलता प्रमुख तत्व रहेको थियो । उनमा आत्मविज्ञापन गर्ने, आत्मप्रशंसा गर्ने, आफूलाई ठूलो ठान्ने प्रवृत्तिको लेस मात्र पनि थिएन । डेन्मार्कका लेखक हान्स सचर्फिग लेख्छन् :

“लेनिनको प्रतिभाका लागि सारा सनसनीपूर्णता, लहडीपन तथा उट्पट्याङ विजातीय छन्, हरकुराले उनी यथार्थ ९मयधm(नय(भबचतज० मानिस रहेको तथ्यलाई इङ्गित गर्छ । उनमा महानता आधारभूत मानवीयतासित, सबैले बुझ्ने चहकिला विचारहरूसहितको विनम्रता, सरलता र दयासित गाँसिएको थियो । उनी कुनै अपूर्व महामानव थिएनन्, बरु एक साधारण मानवीय प्राणी थिए, जसमा संसारलाई थाम्ने श्रम गर्ने सच्चा मानिसहरूका सर्वोत्तम चारित्रिक विशेषता तथा प्रतिभाहरू मूर्तमान भएका थिए ।”

विनम्रता बोल्सेविकको एउटा गहना रहेको स्टालिनले बताएका छन् । वास्तवमा विनम्रतालाई सच्चा कम्युनिस्टहरूको एउटा चरित्रगत लक्षण मानिन्छ र घमण्ड तथा फाइँफुट्टीलाई तिनका लागि पूरै विजातीय ठानिन्छ । लेनिनको विनम्रताको एउटा आदर्श प्रतिमूर्ति थिए । स्टालिनले आफ्नो लेख “लेनिन” मा दिसेम्बर १९०५ मा फिनल्यान्डमा भएको बोल्सेबिक सम्मेलनमा आफूले देखेको एउटा दृश्यको उल्लेख गरेका छन् जसमा लेनिनको विनम्रता व्यक्तिएको थियो । उनले लेखेका छन् :

“कुनै ‘महान् व्यक्ति’ सभाहरूमा अबेर पुग्नु साधारण कुरो मानिन्छ, जसले गर्दा सभा उसको आगमनका लागि संयमित रूपले बसेको हुन्छ, अनि सो महान् व्यक्ति पस्नुभन्दा ठीक अघि चेतावनीपूर्ण कानेखुसी चल्छ ः ‘हे चुप ! उनी आइरहेछन् ।’ … तर लेनिन प्रतिनिधिहरू पुग्नुभन्दा पहिले नै सम्मेलनमा पुगेर एउटा कुनामा बसी सम्मेलनमा आएका सबभन्दा साधारण प्रतिनिधिहरूसँग कुराकानी गरिरहनुभएको थियो । यी कुरा थाहा पाउँदा त्यसबेला म ज्यादै निराश भएँ… पछि मात्र मैले कुन कुरो बुझेँ भने यो सरलता तथा विनम्रता, कसैद्वारा ध्यान नदिइने बन्ने अथवा कमसेकम आफूलाई विशिष्ट नपार्ने र आफ्नो उच्च स्थानमाथि बल नदिने यी प्रयास नै नयाँ जनगणनाको, मानवजातिका सबभन्दा सीधासादा जनगणको नयाँ नेताका रूपमा लेनिनको एउटा सबभन्दा बलियो विशेषता थियो ।”
क्रमशः
२०७५ वैशाख २४ गते सोमबार अपरान्ह ५ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :