केपी ओलीको नक्कली राष्ट्रवाद : समर्पण भट्टराई

(पूर्व जनमुक्ति सेना)

वामपन्थी नामधारी सरकारको नेतृत्व गरिरहेका र राष्ट्रवादी कहलिएका केपी ओली प्रधानमन्त्री भारत भ्रमण भनेर फर्किएको भोलिपल्टबाट नै हाम्रो सीमा मिच्ने काम सुरु भयो । योसँगै कञ्चनपुरको पुनर्बासमा दिनदहाडै भारतीय सीमा सुरक्षा बल क्कद ले देशको सिमाना मिचिएको भिडियो सार्वजनिक हुँदा नेपाल प्रहरी निरीह भएर हेरिरहँदा देशको सुरक्षा गर्ने आदेश दिन नसक्ने गृह मन्त्रालय सीमा मिचेको हेरेर बस्ने परराष्ट्र मन्त्रालय के अर्थ कञ्चनपुरलगायत देशको ७८ ठाउँमा सीमा मिचिँदा थाहा नपाउने रक्षा मन्त्रालयको के काम ? सम्पूर्ण विवरण सार्वजनिक हुँदा पनि डिनर पार्टीमै व्यस्त हुने र फुर्सदको समयमा देशका नागरिकले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गरे भने कसरी दमन गर्ने भन्ने योजना बनाउने सरकार र त्यो मातहतका सम्पूर्ण निकाय विघटन गरिदिए हुन्छ । त्यसपछि जनताले आफैँ गर्नेछन् देशको सुरक्षा किनकि यस्तो लम्पसारवादी सरकारको कुनै जरुरत पर्दैन । हैन भने आफ्नो देशको नागरिकमाथि विदेशीले गोली चलाउँदा सिमाना मिचिँदा नबोल्ने सरकार र देश खोज्नुप¥यो भने त्यो नेपाल र नेपाल सरकार अर्थात् केपी ओलीको उदाहरण दिनुपर्छ । त्यसैले राज्य सञ्चालनको निर्णायक ठाउँमा बसेर यति धेरै विदेशीका सामु लाचार हुनु सम्पूर्ण नेपालीका लागि लज्जास्पद विषय हो जुन देशको सरकार आफ्नो नागरिक र देशको सुरक्षा गर्नु त परै जाओस् त्यसबारेमा एक शब्द पनि बोल्दैन भने त्यस्तो सरकार र राज्य जनतालाई कुनै आवश्यकता छैन र हुँदैन पनि ।
इतिहास पल्टाएर हेर्दा हामी नेपाली झुकेको कहीँकतै कुनै इतिहास छैन तर आज सम्पूर्ण हाम्रो स्वाभिमान र वीरताको गाथा मेटाउने यस्तो सरकारबाट नागरिकले केको स्वाभिमानको अपेक्षा ? प्रधानमन्त्रीज्यू, तपाईंको नक्कली राष्ट्रवादको डम्फु पनि डाक्टरको उपाधिको निम्ति रहेछ । त्योसँगै तपाईंको राष्ट्रवाद ग्राग्रीको पानी पोखिएझैँ भएर छताछुल्ल भएर पोखियो । त्यसैले आफ्नो देशको सुरक्षा गर्न नसक्ने राज्यव्यवस्था र सरकार नेपाली जनतालाई चाहिएको छैन ।

२०७५ वैशाख २४ गते सोमबार अपरान्ह ५ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :