केन्द्रीय सदस्य सुमितलाई पक्राउ गरेकोप्रति महासचिव पाटनको आपत्ति

 

काठमाडौं : योङ्ग रेड फोर्स, नेपालले संगठनका केन्द्रीय सदस्य सुमित मगरलाई बागलुङबाट प्ररहीले गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएको छ । उक्त संगठनका महासचिव पटन जंगलीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नागरिकको स्वतन्त्रता रुपमा बोल्न, लेख्न, शान्तिपूर्ण सभा सम्मेलन छलफल गर्नसमेत नपाउने गरि निरंकुश तानाशाही शासन लादिएको बताएका छन् । साथै, गिरफ्तार गएिका मगरलाई बिना शर्त रिहा गर्न जोडदार माग गरेका छन् । रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ । विज्ञप्तिको पूर्णपाठ –

२०७५ वैशाख २४ गते सोमबार अपरान्ह ४ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :