सुदखोर–महाजनविरुद्ध सङ्घर्ष : राजु कार्की 

 
‘स्पष्ट रूपमा भन्ने हो भने प्रत्येक देहाती इलाकामा केही समयका लागि आतङ्कको सिर्जना गर्नु आवश्यक छ, नत्र भने देहातमा प्रतिक्रान्तिकारीहरूका गतिविधिहरूलाई दबाउन  वा घरानियाँहरूको सत्ता पल्टाउनु असम्भव  हुनेछ ।’
– माओ, हुनान किसान आन्दोलनको अनुसन्धानबारे प्रतिवेदन ।
‘जहाँ कुनै चीज र मानिसहरूप्रति दुई विरोधी दृष्टिकोणहरू हुन्छन् त्यहाँ दुई विरोधी मतहरू देखा पर्दछन् ।’
– माओ उही
सुदखोर र महाजनको चक्रवृत्ति ब्याजको सिकार बनेका छन् मिथिला बिहारी न.पा.–९ पटथरा टोल बस्ने ऋणी किसान किसोरी महरा । उनका महाजन छन् जनकपुर देवीचोक बस्ने जगदेव साह । उनले पटकपटक गरी लिएको ऋण ४ लाख ५ हजार, महाजनलाई पटकपटक गरी तिरेको रकम २२ लाख । उनी भन्छन्, ‘आपूmसँग भएको १२ कट्ठा धानखेत बेचेर पनि पैसा ति¥यौँ । मलेसिया गएर कमाएको पैसा पनि ति¥यौँ । त्यतिले नपुगेर महाजनले अभैm १८ लाख माग्दैछ ।’
उनको घरसमेत भएको ३ कट्ठा १६ धुर जमिन बाँकी छ, त्यो पनि महाजनको नाममा । महाजन भन्छ, ‘त्यो जमिन पनि बेच्छु । उसको उठीबास हुने सम्भावना प्रबल छ ।’ 
यसैगरी धनुषाधाम न.पा.–५ नौ सय बिघा बस्ने ऋणी किसान रामकुमारी रामका महाजन हुन् राजेश चौधरी (महेन्द्रनगर) । रामले महाजनसँग ४ वर्षको अवधिमा पटकपटक गरी लिएको ऋण ३ लाख ३० हजार र पटकपटक गरी महाजनलाई बुझाएको रकम हो ५ लाख ८० हजार । महाजनले उनीसँग अभैm माग गरेको रकम ७ लाख ७६ हजार १८९ रुपैया । उनले आपूmसँग भएको २ कट्ठा घरसहितको जमिन नामसारी गरी महाजनलाई दिइसकेकी छिन् । महाजनले जाली कपाली तमसुक छुट्टै गराएका छन् । सोही तमसुकका आधारमा अदालतले उनलाई पुर्जी पठाएको छ । उक्त रकम तिर्न नसक्ने अवस्थाका उनी अब सडकमा पुग्ने अवस्था छ । 
 
धनुषाधाम न.पा.–५ सिसमपुर बस्ने ऋणी बिहारी राय र उनका महाजन सोही न.पा.–११ उत्तिमपुर बस्ने रामेश्वर साह । उनीसँग ८ वर्षअगाडि लिएको रकम १ लाख २५ हजार । धरौटीस्वरूप ७ कट्ठा घडेरी महाजनलाई नामसारी गरिदिएको । पटकपटक ब्याज मिनाहाका लागि माग गर्दा गाउँका महाजनले राम्राराम्रा महिला मकहाँ ल्याइदेऊ तब मात्र म केही मिनाहा गरिदिन्छु भनेको । महजनले माग गरेको रकम २२ लाख । महाजनले सोही जमिन बैङ्कमा राखेर ४० लाख निकालेको छ । 
यसरी पैसा तिर्न नसक्नेहरूलाई यहाँका सुदखोर  महाजनहरूले घरवारविहीन बनाएका छन् । अझ दुःद् पक्ष त कपाली तमसुकका आधारमा अदालतजस्तो सम्मानित मानिने संस्थालाई समेत प्रयोग गर्ने, घरघरमा पुर्जी टाँस्न लगाउने, पालितपोषित गुन्डाहरूलाई धम्क्याउन लगाउने र आतङ्कित पार्ने, कुटपिटसमेत गर्ने गरेका छन् । राज्यलाई कर नतिर्ने कालोधन्दा यिनै महाजनले चलाउने गरेका छन् ।
 
मिथिला बिहारी न.पा. पत्थराटोल बस्ने हंसराज यादव, साक्षी मात्रै बस्ने तप्सी यादव, जग्गा धितो भएका चौधरी यादवलाई उठीबास बनाए । यसकिसिमको समस्या त जिल्लामा कति छन् कति ।
 
धनुषामा उठेको सुदखोर महाजनविरुद्धको आन्दोलनमा पनि महाजनहरू बैङ्कले यिनीहरूलाई ऋण दिँदैन, हामीले ऋण नदिने हो भने विवाह व्रतबन्ध, भोजभतेर, वैदेशिक रोजगारीमा जाने आदि काम गर्नै सक्तैनन् । त्यसैले हामीले लिने ब्याज जायज छ भन्छन् तर अधिकांश गरिब किसानहरू त्यसको विपक्षमा उभिएका छन् । राज्य किन सुदखोर महाजनका पक्षमा छ, किन कारबाही गर्दैन उनीहरू भनिरहेका छन् ।
 यी त तराई क्षेत्रका किसानका समस्याका केही उदाहरण मात्र हुन् । नेपाल कम्युनिस्ट पार्टीले किसान र सुदखोरहरूका बीचको अन्तरविरोध हल गर्न सङ्घर्ष उठान गरेको छ । आज धनुषा जिल्ला पुनः किसान आन्दोलनको केन्द्र बन्दै गएको छ । यहाँका देहाती इलाकाहरूमा यसको प्रभाव प्रभावकारी रुपमा पर्दै गएको छ । हुनत कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै किसान  आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बाह्र बिघासमेत खचाखच हुने गरी किसानहरू सङ्घर्षका उत्रिएको जिल्ला, ऐतिहासिक जनकपुरनगरी, सभ्य मैथिली भाषा र संस्कृति रहेको, महान् जनयुद्धमा १०८ जना सहिद जन्माउन सफल जिल्ला, सामन्तको सबैभन्दा धेरै जमिन कब्जा गरिएको ऐतिहासिक विरासत बोकेको जिल्लालाई आज पनि पुरानै सामन्तवादले गाँजेको छ । हिजो प्रत्येक गाउँमा पहाडतिरका जमिनदारले शासन गर्दथे । दरबारले प्रत्येक गाउँमा एकएकजना पहाडिया अनुहारका जमिनदार राखेर त्यहाँका मैथिलीभाषी जनतालाई दमन गरेको थियो । आज अनुहार फेरिएको छ तर त्यो प्रथा ज्यूँका त्यूँ छ । 
 
जनयुद्धका क्रममा हजारौँहजार बिघा जमिन कब्जा गरियो पहाडिया अनुहारका जमिनदारको । जमिन कब्जा गर्दा गरिब जनताका महान् छोराछोरीले बलिदानी दिए । आज त्यो जमिन पहाडिया अनुहारको जमिनदारलाई सीमित पैसा दिएर त्यहाँका जालीफटाहाहरूले र केही माओवादी केन्द्र (माके) का नेताको समेत सहभागितामा बेच्ने काम त्यहीँका मैथिलीभाषी अनुहारले गरिरहेका छन् । वास्तविक उत्पीडित गरिब मैथिलीभाषी किसानहरूको स्थिति आज पनि उस्तै दयनीय छ । सानो हुरीबतास आए पनि बस्ने ठाउँ कमैको हुन्छ । शिक्षाको पहुँच घरघरसम्म पुगेको छैन । सफा खानेपानी र शौचालयको अभाव कायमै छ । बिहान उठ्नेबित्तिकै हातमा लोटा लिएका पूmलहरू चौरीभरि नै फुलेको देख्न पाइन्छ । अक्षयकुमारको त्ष्यभित फिल्म त्यहाँ यथार्थ लाग्न थाल्छ । दाइजोका कारण पारिवारिक कलह, सम्बन्धविच्छेद र बहुहत्यासमेत हुने गरेको छ । 
 
ऐतिहासिक नगर जनकपुरलगायत आसपासमा रहेका मन्दिरका नामका गुठीका जग्गाहरू गुठी प्रशासन र जग्गा दलालहरूको मिलोमतोमा बिक्रीवितरण गरी समाप्त पार्न थालिएको छ पुरानो प्रशासन त्यसमा पनि मौन नै छ । 
पछिल्लो कालखण्डमा केही युवाहरू खाडी मुलुक जान थालेका छन् । त्यसले गर्दा घरमा एउटा विदेशी ब्ल्याङ्केट, एउटा टीभी ल्याउने र कसैकसैले ४ कोठे पककी घरसमेत निर्माण गरेका छन् तर अधिकांश किसानहरूको आम्दानीको स्रोत कृषि नै हो । अन्न, तरकारी उत्पादन गर्ने बजारमा लगेर सस्तोमा बिक्री गर्ने र सामान्य जीविका सञ्चालन गर्ने किसानको दैनिकी छ । विडम्बना, बिरामी प¥यो, छोराछोरीको विवाह गर्नुप¥यो, भोजभतेर गर्नुप¥यो, छोरा विदेश पठाउनुप¥यो । मर्दापर्दा ऋण खोज्नुको विकल्प छैन त्यहाँका अधिकांश किसानसँग ।  जब अभाव हुन्छ त्यहाँका सुदखोर महाजनहरूबाट ऋण लिन बाध्य हुनुपरेको छ गरिब किसानलाई । महाजनकहाँ जाने, रोइकराइ गर्ने र महाजनले जे भन्छ त्यो मान्ने बाध्यता हुन्छ । महाजनले यही मौका हो भन्छन् र दृष्टिबन्धकका नाममा उनीहरू बस्दै गरेको  घरघडेरी, जग्गाजमिन आफ्नो नाममा नामसारी गराउने, छुट्टै जाली कपाली तमसुक बनाउने र थोरै पैसा ऋण दिने महँगो चक्रवृत्ति ब्याज सयकडा ३÷४÷५ रुपैयाँको दरमा । जब ऋण लियो, महिना बिते, महाजनले ताकेता गर्न थाल्छ ब्याज तिर्न लगाउँछ, किसान पैसा तिर्दै जान्छ, तिर्दै जान्छ तर कहिल्यै ऋण सकिँदैन । कतिसम्म भने विदेश जान ऋण लिन्छ, कमाएर आउँदा पनि उसको ऋण चुक्ता हुँदैन, चक्रवृत्ति ब्याजका कारण ।
 
… … … 
यिनै गरिब किसान जनताका पक्षमा नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनजागरण अभियानका सिलसिलामा २०७४÷१२÷८ गते पत्रकारसम्मेलन गरेर सुदखोर महाजनका विरुद्ध आन्दोलन घोषणा गरेपछि महाजनहरू आतङ्कित बनेका छन् र उनीहरूले आफ्ना गुन्डाहरू अदालत, प्रशासनसमेत लगाएर ऋणी गरिब किसानलाई त्रास उत्पन्न गर्न खोज्दैछन् भने गरिब किसान पार्टीप्रति आशावादी बनेका छन् । भर्खरै मात्र तेजु भन्ने महाजनले यो पङ्क्तिकारले सुन्ने गरी ‘आजभोलि ऋणीहरूले ऋण फिर्ता गर्न ढिलासुस्ती गर्न थाले’ भनेका थिए । यस्ता गरिब किसानहरू पार्टीको किसान सङ्गठन र धेरैजसो महिला सङ्गठनमा आबद्ध हुन थालेका छन् । यिनै महिलाहरूले वैशाख ४ गतेको पूर्वी कमान्ड बन्दको अघिल्लो दिन जिल्लाका ५ ठाउँमा मशाल जुलुुससमेत निकालेका थिए । यो आन्दोलनले मधेसका अधिकांश मैथिलीभाषी महिलाहरू हाम्रो आन्दोलनमा गोलबन्द हुँदै गएका छन् । अब यस आन्दोलनलाई समग्र मधेसमा पैmलाउने अभियान तीव्रतामा अघि बढिरहेको छ । 
 
धनुषामा उठेको सुदखोर महाजनविरुद्धको आन्दोलनमा पनि महाजनहरू बैङ्कले यिनीहरूलाई ऋण दिँदैन, हामीले ऋण नदिने हो भने विवाह व्रतबन्ध, भोजभतेर, वैदेशिक रोजगारीमा जाने आदि काम गर्नै सक्तैनन् । त्यसैले हामीले लिने ब्याज जायज छ भन्छन् तर अधिकांश गरिब किसानहरू त्यसको विपक्षमा उभिएका छन् । राज्य किन सुदखोर महाजनका पक्षमा छ, किन कारबाही गर्दैन उनीहरू भनिरहेका छन् । 
 
पार्टीले सङ्घर्ष सुरु गरेपछि केही सुदखोर महाजनहरू डरले पार्टीलाई मध्यस्थ गर्न लगाएर ऋणीसँग मिलापत्र गर्न थालेका छन् । माथि उल्लेख गरिएका बिहारी रायको महाजनले २२ लाख मागेको थियो तर पार्टीले मध्यस्थ गरेपछि ५ लाखमा मिल्ने र जग्गा फिर्ता गरिदिने सहमति भएको छ । अन्य केही महाजनहरू पनि पार्टीको सम्पर्कमा आइरहेका छन् ।  यहाँ किसानका तीन श्रेणी छन् : धनी, मध्यम र गरिब । यी तीन श्रेणीका स्थितिहरू फरकफरक छन् । त्यसैले हामीले चलाएको आन्दोलनका सम्बन्धमा तिनका भिन्नाभिन्नै दृष्टिकोण छन् । हामीसँग आबद्ध अधिकांश गरिब किसान नै छन् । मध्यम किसानहरू पनि सहभागी छन् । उनीहरू ‘हामी पार्टीले लिने सबै कदमको साथ दिन्छौँ, पुरानो सत्ताका प्रहरी प्रशासनसँग डटेर लड्छौँ । पार्टीले खुट्टा कमाउनु भएन, सुदखोर महाजनसँग चन्दा लिएर आन्दोलन तुहाउनु भएन’ भन्छन् । अब निकासको सम्पूर्ण जिम्मा पार्टीको काँधमा आएको छ ।
२०७५ वैशाख २४ गते सोमबार बिहान ११ : ५७ मा प्रकाशित
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :