पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई  प्रहरीले विनाकारण पक्राउ गरेको  भन्दै तत्काल नछोडे कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी मंगलसेनद्वारा आइतबार जारी विज्ञप्तिमा प्रहरीले आफ्नो पार्टीका निर्दाेष नेता तथा कार्यकर्ता एवं समर्थकको घरघरमा पुगेर मध्यरातमा छापा मार्ने, धम्काउने तथा परिवारलाई दुःख दिने जस्ता क्रियाकलाप गरेको जनाइएको छ । विज्ञप्तीमा उक्त सरकारी रवैयाले गर्दा शाही शासनकालको झल्को दिएको भन्दै विरोध तथा भत्र्सना गरिएको छ ।’ गत शनिबार राती घरमा सुतिरहेको बेला आफ्नो पार्टी निकट  अखिल (क्रान्तिकारी) नवलपरासीका अध्यक्ष नविन खड्का र सो पार्टी समर्थक शिवराज जप्रेललाई गते २० गते प्रहरीले गिरफ्तार गरेको सो पार्टीले बताएको छ । साथै सो पार्टीले अनावश्यक धरपकड बन्द गर्न  सरकारसँग अनुरोध गरेको छ । यसैबीच विद्यार्थीका जिल्ला अध्यक्ष खड्काको रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले एक विज्ञप्ति जारी गरेको छ ।

२०७५ सोमबार वैशाख २४ गते बिहान ११ : ००बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :