नेकपाका सर्लाही सचिव र युवा संगठनका केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्सका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो संयोजक रोहित ढकाललाई प्ररहीले गिरफ्तार गरेको छ । ढकालसँगै नेकपाका सर्लाही सेक्रेटरी पवन महत्तोलाई  प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु दुवैजनालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको नेकपा जनकपुर ब्युरोले बताएको छ । घरमा बसिरहेको अवस्थामा प्रहरीले बिनाकारण राजनैतिक आस्थाकै आधारमा आफु निकट ब्यक्तिहरुलाई पक्राउ गरिएको भन्दै नेकपाले तत्काल रिहाईको माग गरेको छ ।
यसैबिच समाचार संकलनको क्रममा पक्राउ गरिएका रातोखबर साप्ताहिकका संवाददाता विजयलामालाई प्रहरीले मानसिक यातना दिएको खबर छ । लामालाई शनिबार दिउसो नेकपाले आयोजना गरेको नेपालबन्दको समाचार संकलन गर्न हिडिरहेको बेला सर्लाहीको बाग्मति नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो । पत्रकार पक्राउ गर्नुको कारणबारे प्रहरीले केही बताएको छैन । लामालाई सर्लाहीको हरिवनमा राखिएको छ ।

२०७५ बैशाख २४ गते सोमबार बिहान ९ :३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :