सरकारले दमन जारी राखे प्रतिरोध गर्ने नेकपाको चेतावनी / नेपालबन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीले आज अर्थात शनिबार आह्वान गरेको नेपालबन्दमा सहयोग र समर्थन गर्ने सवैपक्षलाई धन्यवाद दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै आफनो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सवैपक्षलाई धन्यवाद दिएका हुन् । विज्ञप्तिमा लामो समयदेखि पक्राउ गरिएका आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई रिहाई गर्नुको साटो थप अन्य नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको जनाइएको छ । साथै सरकारी उक्त रवैयाले गर्दा आफ्नो पार्टी थप संघर्षका कार्यक्रम सहित प्रतिरोध गर्ने कुरा उल्लेख गरिएको छ । प्रहरी हिरासतमा रहेका आफ्नो पार्टीका कतिपय नेताकार्यकर्ताहरुलाई यातना दिने गरेको र उक्त सरकारी कार्य गैरकानुनी भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले उक्त हर्कत बन्द नगरे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार स्वयं नै हुने भनि चेतावनी समेत दिइएको छ । प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठ–

२०७५ वैशाख २२ गते शनिबार बेलुका ८ : २२ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :