वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी स्थापनाकाे घोषणा / संयोजकमा आहुती

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता  गर्ने  भएपछि असन्तुष्टि जनाउदै अाएका साे  पार्टीका  नेताकार्यकर्ताहरूले शुक्रबार नयाँ पार्टी  स्थापना भएकाे घोषणा गरेकाे छ । एकताप्रति असहमति राखेर अलग भएर बसेका नेता विश्वभक्त दुलाल ‘आहुती’को संयोकत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठन भएको हो । काठमाडौंमा  सम्पन्न राष्ट्रिय भेलाले विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गरेको छ । उक्त पार्टीको नेतृत्वमा आहुती रहने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
घोषणा वक्तव्यको पूर्णपाठ –

२०७५ वैशाख २२ गते शनिबार बेलुका १० १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :