विक्रम पाण्डेको कालीका निर्माण कम्पनीमाथि कारबाही

 

काठमाडौं : बाँकेको हवलदारपुरमा रहेको विक्रम पाण्डेको कालीका निर्माण कम्पनीमाथि बम विस्फोट तथा आगजनी भएको छ । स्थानीयका अनुसार गएराती करिब १२ बजेतिर ठुलो विस्फोटको आवाज सुनिएको थियो । विस्फोट र आगजनीबाट कम्पनीको कार्यालय, अलकत्रा मिक्स्चर मेसिन, जेनेरेटर र डोजरहरु जलेर ध्वस्त भएको सामाचार छ । त्यस्तै सोही समयमा बाँकेमै भारतीयले चलाएको क्रिस्चियनको जीवन ज्योती बोडिङ स्कुलको चर्चमा आगजनी भएको छ । बन्दको दिन भेरी, कर्णाली, सेती, महाकालीका विभिन्न जिल्लाहरुमा बम विस्फोट भएको बताइएको छ । कैलालीका धनगढी, अत्तिया, गौरिगंगा लगायतका ठाउँमा पनि बम विस्फोटका घटनाहरु भएको स्थानीयहरुले बताएको छन् । बन्दको अवज्ञा गरेको भन्दै डोटीको सिमानामा एक मिनि टाटा गाडिमा बन्दकर्ताहरुले आगजनि गरिदिएको समाचार छ । बन्दकाकारण देशका ठूला साना शहरहरु ठप्प भएका छन् भने सडकहरू सुनसान रहेको हाम्रा संवाददाताहरुले बताएका छन् ।
मिति २०७५ वैशाख २२ गते शनिबार ३ : २०मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :