कार्ल मार्क्स र उहाँको योगदान : गुणराज लोहनी


आज मार्क्सवादका प्रवर्तक कार्ल  मार्क्सको २ सयौं जन्म दिन हो । आज भन्दा २ सय अघि अर्थात सन् १८१८ मे ५ का दिन कार्ल हेनरी मार्क्सको जन्म जर्मनीको ट्रियिरमा भएको थियो । उहाँलाई वैज्ञानिक साम्यवादका प्रवर्तक मानिन्छ । मार्क्स एक दार्शनिक, राजनैतिक अर्थशास्त्री, पत्रकार र इतिहासकै सबैभन्दा प्रभावकारी क्रान्तिकारी हुनुहुन्थ्यो । विश्व कै अति महत्वपूर्ण राजनीतिक हस्तलिखित पाण्डुलिपि कम्युनिस्ट घोषणा पत्र, पुँजी, साम्यवादी सिद्धान्तको आधारभूत दर्शन, अर्थशास्त्र र राजनीति उहाँका प्रख्यात कार्यहरु रहेका छन् । वर्गसंघर्षमा आधारित ऐतिहासिक भौतिकवाद, पुँजीवादमा श्रमजीवीहरुको विरक्तिपूर्ण अवस्थाको सिद्धान्तहरु उहाँका एकदमै प्रभावशाली सिद्धान्त रहेका छन् ।
पुँजीवादमा श्रमजीविहरुको विरक्तिपूर्ण अवस्थाको सिद्धान्तको खोज
           १८४४ मा मार्क्सले अर्थशास्त्र र दर्शनको पाण्डुलिपि तयार पार्नु भएको थियो । त्यसमा उहाँले पुँजीवादले श्रमजीविहरुलाई कसरी सताएको छ भन्ने ४ वटा कारणहरु पत्ता लगाउनु भएको छ । जस अनुसार पहिलो, पुँजीवादी वर्गहरुबाट निर्धारण गरिएको उत्पादन श्रमजीविहरुको कुनै नियन्त्रण रहँदैन । दोस्रो, उत्पादनको प्रक्रियाबाट, मजदूरहरु स्वयंसेवक नभएर ज्यालाको अनिवार्यतामा नियन्त्रित रहेका हुन्छन् त्यस समयमा के गर्ने, तेस्रो, मजदूरले आफ्नो लागि नभएर मालिकका लागि मेसिनको दाँत जस्तो गरी खिइञ्जेलसम्म काम गर्नुपर्छ र चौथो, मजदूरले आफ्नो ज्याला बढाउनका लागि प्रतिस्पर्धालाई चिहान पु¥याएको हुन्छ भन्ने हो ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविस्कारक
          सन् १८४६ मा मार्क्स र उहाँका प्रिय मित्र एवं कमरेड एंगेल्सको सहयोगमा ऐतिहासिक भौतिकवाद लेख्नु भयो । उहाँहरुले त्यसमा मानव समाजहरु ६ वटा भौतिक अवस्थामा रहेको पत्ता लगाउनु भयो । उहाँहरुले यी युगहरुलाई सिलसिलेवाररुपमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र वैज्ञानिक साम्यवादी युग भनी खोज गर्नु भयो । यसलाई उहाँले जर्मन विचारमा उल्लेख गर्नुभएको छ । उहाँले यी तथ्यहरु उत्पादनमा रहेको उत्पादन सम्बन्ध, उत्पादनका साधन, उत्पादक शक्तिको ऐतिहासिक अवस्थालाई लिएर र जीव विकासक्रमको सिलसिलेवार अध्ययनबाट पत्ता लगाउनु भएको हो जुन विज्ञान सम्बत छ ।
मार्क्सको अतिप्रभावकारी वर्गसंघर्ष
          उहाँले समाजिक पद्दतिमा द्वन्द्व भैरन्छ भनी सर्वसम्मत विचार ल्याउनु भयो । विभिन्न वर्गहरुको चाहाना र प्यासका आधारमा वर्गसंघर्ष हुन्छ र प्रतिस्पर्धा चल्छ । पुँजीवाद जस्तो पद्दतिमा वर्गसंघर्षको केन्द्रीय भूमिका रहेको हुन्छ । पुँजीवादी समाजमा मुख्यरुपमा श्रमजीवि वर्ग(सर्वहारा वा मजदूर) जसले आफ्नो सबै श्रम सस्तो मूल्यमा पुँजीपति बेच्दछ र उनीहरुले अतिरिक्त मूल्य प्राप्त गर्दछन् । जसबाट उनीहरुले सम्पत्ति जम्मा गर्दछन् । त्यसैले अतिरिक्त मूल्य भनेको पुँजीपतिहरुले मजदूरमाथि शोषण गरेर जम्मा हुने हो । यसले गर्दा मजदूर र पुँजीपतिहरुका बीचमा संघर्ष हुन्छ । यो नै समाजशास्त्र र संस्कृतिको केन्द्रीय विषय रहेको छ ।
युगहरुको इतिहास र युगहरुमा वर्गसंघर्ष  

 कम्युनिस्ट घोषणा पत्रको सहलेखन
       सन् १८४८ को फेब्रुअरी २१ मा कम्युनिस्ट घोषणा पत्र प्रकाशित गरिएको थियो । एउटा प्रस्तावना सहित ४ वटा भाग रहेको कम्युनिस्ट घोषणा पत्र नै वास्तवमा अहिलेसम्म चलेका विश्व कम्युनिस्ट आन्दोलनको कार्यदिशा हो । यसलाई पहिला कम्युनिस्ट करेस्पोण्डिङ कमिटिमा पेश गरिएको थियो । उक्त कमिटि पहिला समाजवादी समूहकोरुपमा रहेको थियो । सन् १८५२ मा त्यो कमिटि नै कम्युनिस्ट लिगमा परिणत भएको थियो ।

कम्युनिस्ट घोषणा पत्र अहिलेसम्म सबैभन्दा बढि प्रभावशाली हस्तलिपि
        कम्युनिस्ट घोषणा पत्रले यति धेरै प्रख्याती पाएको थियो कि सन् १८४८को युरोप भरीको क्रान्तिमा जर्मनी लगायतका देशमा यसलाई पूर्ण प्रतिबन्ध लगाइएको थियो । चालिस वर्ष पुग्दै गर्दा १८७०मा सामाजिक जनवादी पार्टीहरुले यसलाई सयौं पटक ३० वटा भाषामा उल्था गरेर छापेका थिए । मार्क्स जीवितै रहँदा पेरिस कम्युन स्थापना भएको थियो । यसै घोषणा पत्रको प्रस्तावनालाई आधार बनाएर रुसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति भएको थियो । माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्तिका साथै विश्वका १६ भन्दा बढि र सिंगो विश्वको एक तिहाई देशहरुमा समाजवाद स्थापना भएको थियो ।
मार्क्सको अभूतपूर्व पुँजीको लेखन
      मार्क्सले पुँजी(पुँजीः राजनैतिक अर्थशास्त्रको आलोचना) लेख्नु भएको छ । पहिलो भाग सन् १८६७मा, दोस्रो सन् १८८५ मा र तेस्रो १८९५मा प्रकाशित भएको थियो । यसको केन्द्रीय सिद्धान्त भनेको पुँजीवादीहरुको प्रेरित वल भनेको उनीहरुले शोषण गरेको कामदारहरु हो र मजदूरहरुलाई उनीहरुले लगाएको श्रमको उचित मोल नदिएको ज्याला नै अतिरिक्त मूल्य हो । यही अतिरिक्त मूल्यको अतिकेन्द्रीकरणले उच्च चेतना भएका आधुनिक सर्वहारा वर्गको जन्म हुन्छ र त्यो वर्गले पुँजीवादका विरुद्ध संघर्ष गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवाद आउने मार्क्सको सैद्धान्तिक प्रस्तावना नै साम्यवादको केन्द्रीय सिद्धान्त हो ।


पहिलो अन्तर्राष्ट्रिय सदस्यको हैसियतमा नेतृत्व
      सन् १८६४ मा अन्तर्राष्ट्रिय कामदार संघको स्थापना लण्डनमा भएको थियो यसैलाई पहिलो अन्तर्राष्ट्रियको नामले चिनिन्छ । यसै लिगको सांगठिन छाता भित्र केही समयमा नै ८० लाख सदस्य हुन पुगेका थिए । मार्क्स त्यस अन्तर्राष्ट्रियको मुख्य सदस्य हुनुहुन्थ्यो । यो लिगले सन् १८७१ को मार्च १८ देखि मे २८ सम्मको पेरिसको विद्रोहमा एउटा भागकारुपमा काम गरेको थियो । त्यसै विद्रोहलाई पेरिस कम्युन भनिन्छ । ७२ दिन चलेको पेरिस कम्युनको विघटनसँगै मिखाइल बाकुनिनको अराजकताका कारण पहिलो अन्तर्राष्ट्रियमा फुट आएको थियो ।
पुँजी र श्रमजीविको सम्बन्धका बारेमा आधारभूत बुझाइको बारेमा मार्क्सको काम
      कार्ल मार्क्सले अर्थशास्त्रमा धेरै नै महत्वपूर्ण योगदान दिनु भएको छ । मार्क्सका अनुसार आर्थिक विज्ञान समाजशास्त्रबाट अलग रहन सक्दैन, उत्पादन सम्बन्धलाई परिवर्तन गर्ने कुनै अपरिवर्तनीय आर्थिक नियम हुँदैन । त्यसैले आर्थिक समस्या समाधान गर्न उहाँले ऐतिहासिक यथार्थवादका आधारमा अर्थतन्त्रको विश्लेषणको चित्रण गर्नुभएको छ । उहाँको यसका बारेमा श्रमको मूल्य सिद्धान्तमा बस्तु र सेवाको मूल्य समाजमा आवश्यक पर्ने उत्पादनमा प्रयोग भएको श्रमले निर्धारण गर्ने बताउनु भएको छ ।
कार्ल मार्क्स आधुनिक समाजशास्त्रका संस्थापक
         समाज विज्ञान प्राज्ञिक अनुशासन हो जुन समाज र समाजको व्यक्तिगत समबन्धको एउटा मूख्य आधार हो । समाज विज्ञानमा मुख्यरुपमा, अर्थशास्त्र, राजनैतिक विज्ञान, जनसंख्या र समाजशास्त्र रहेका हुन्छन् । यी ४ वटा मध्ये ३ वटाको सिद्धान्तका मात्र नभएर माक्र्स आधुनिक समाज विज्ञानका अभियान्ता हुनुहुन्छ । धेरै दार्शनिकहरुका बाबजुत मार्क्स वैज्ञानिक परिक्षणका आधारका खोज गरिएको भौतिकवादी दार्शनिक हुनुहुन्छ ।
दोस्रो सहस्राब्दीको सबैभन्दा प्रभावशाली मान्छे
      मार्क्स१९ औं शताब्दीको सबैभन्दा प्रभावशाली र प्रतिभावान व्यक्ति हुनुहुन्थ्यो । अर्थतन्त्र र राजनैतिक इतिहासमा उहाँ उम्दा बुद्धिजीवि, कार्यदक्षक हुनुहुन्थ्यो । उहाँको योगदान र सिद्धान्तको खोजको आधारमा २० औं शताब्दीमा विश्वका धेरै देशहरुमा समाजवादको स्थापना भएको थियो । त्यसैले उहाँले अर्थशास्त्र, राजनीति, दर्शनलाई मुलरुपमा माक्र्सवादका ३ संघटक अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई मार्क्सवादका रुपमा व्याख्या गरिदै आएको छ । बिबिसिले सन् २००० मा गरेको सर्वेक्षणमा उहाँ दोस्रो सहस्राव्दीको सबैभन्दा प्रभावशाली मान्छे घोषणा गरेको थियो ।

सन्दर्भ मार्क्सको २ सयौं जयन्ती

२०७५ वैशाख २१ गते शनिबार बिहान ११ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :