कार्ल मार्क्सको २ सयौं जन्मजयन्ती

 

 

काठमाडौं : आज भन्दा २ सय वर्ष अघि अर्थात ५ मे १८१८ का दिन विश्वप्रसिद्ध दर्शनशास्त्री तथा कम्युनिस्ट सिद्धान्तका प्रणेता कार्ल मार्क्सको जन्म भएको थियो । आजको दिन उनै कार्ल मार्क्सको जन्मजयन्ती संसारभरी नै मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मार्क्सको सम्झना गरिदैछ । कार्लमाक्र्स देखी अझै केही हजार वर्षसम्म पनि सर्वाधिक बौद्धिक व्यक्ति हुने विश्लेषण गरिन्छ । उनले मार्क्सवादका तिन संघटक अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको प्रतिपादन गरेका छन् । उनले दर्शनमा ऐतिहासिक भौतिकवादको विकास गरेका छन् भने हेगेलको द्वन्द्ववादमा विकास गर्नुकासाथै वैज्ञानिकरुपले सम्वृद्धि गरेको थिए । यस्तै राजनैतिक अर्थशास्त्रको हिसावले अतिरिक्तमुल्यको सिद्धान्तको प्रतिपादन गरेका छन् । अझ वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको कार्यक्रमसमेत प्रतिपादन गरेका छन् । साम्यवादमा पुग्नको लागि पुँजीवाद र साम्यवादबिचको कार्यक्रम वैज्ञानिक समाजवादको कार्यक्रम विकास गरेका छन् । कार्ल मार्क्सले जम्मा २९ वर्षको कलिलो उमेरमा आफ्ना अनन्य मित्र फ्रेडरिक एङेल्ससँग मिलेर कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेका थिए । जुन घोषणापत्र आज संसारभरी बढी पढिएको दस्तावेज हो । यस्तै माक्र्सको कृति पुँजी विश्वप्रसिद्ध कृति हो । मार्क्सको २ सयौं जन्मजयन्तीको अवसरमा चिनिया राष्ट्रपति सि जिङ पिङले कम्युनिस्ट पार्टीका प्रत्येक कार्यकर्ता र आम नागरिकलाई कम्युनिस्ट पार्टीको घोषणापत्र पढ्न निर्देशन गरेका छन् । उनले पत्रकारहरुलाई अनिवार्य रुपमा मार्क्सवादको आधारभूत ज्ञान हुनुपर्छ भनेका छन् । अहिले चिनमा विद्यालयमा औपचारीकरुपमा मार्क्सवाद सम्बन्धी पाठ्यक्रम अनिवार्य गरिएको छ ।
२०७५ वैशाख २१ गते शनिबार बिहान ९ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :