भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम बिस्फोट

काठमाडौं : भारतीय कम्पनी जिएमआर कार्यालयमा भवनमा गएराती बम बिस्फोट भएको छ । लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित भारतीय जिएमआर कम्पनीको कार्यालयको भवनमा बम विस्फोट भएको हो । बिस्फोटबाट भएको क्षतिको विवरण आउँन बाँकी छ । उक्त भारतीय कम्पनी नेपालमा निकै विवादीत कम्पनी हो ।
केही दिन पहिला मात्रै संखुवासभाको खाँदबारीमा रहेको भारतीय कन्सुलर कार्यालयमा बम विस्फोट भएको थियो । विस्फोटबाट मानविय नभएपनि कार्यालयमा ठूलो क्षति पुगेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउने दिन नजिकिंदै गर्दा भारतीय कम्पनीमाथि उक्त बम विस्फोट भएको हो ।
२०७५ वैशाख २२ गते शनिबार बिहान ९ २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :