बिहानैदेखि नेपाल बन्दको प्रभाव / विभिन्न ठाउँमा बम विस्फोट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आफुमाथि गरिएको सरकारी दमनको विरोधमा आज अर्थात शनिबार गरेको नेपालबन्दको प्रभाव देशभरी नै देखिएको छ । सो पार्टीले आफ्ना केन्द्रीय सदस्य किरण राई, योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय, अखिल(क्रान्तिकारी)का महासचिव प्रकाश शाही लगायत दर्जनौं नेताकार्यकर्तालाई विनाकारण पक्राउ गरी बेपत्ता बनाएको भन्दै विरोध स्वरुप नेपालबन्दको आह्वान गरेको हो ।

बन्दकोको प्रभाव बिहानैदेखि परेको छ । सात नम्बर प्रदेशको राजधानीे कैलालीको धनगढीमा बन्दको प्रभाव पूर्णरुपमा परेको छ । यस्तै धनगडीका विभिन्न ठाउँमा बम फेला परेका छन् भने गौरीगंगामा एउटा बम विस्फोट भएको छ । यसैगरी चितवन जिल्लाको भण्डारामा शक्तिशाली बम विस्फोट भएको बताइएको छ । शनिबार बिहान करिब ४ बजेतिर भएको उक्त विस्फोटबाट मानवीय क्षती भने नभएको बताइएको छ । उता पूर्वको सिन्धुली र पश्चिम म्याग्दीको बेनिबजारमा पनि बम विस्फोट भएको बताइएको छ । यस्तै भने रुपन्देहीको बुटवल ब्यस्त बजार गोलपार्कमा बम भेटिएको खवरले त्रास फैलिएको छ । पूर्व मोरङको बिराटनगर, सुनसरीको धरान, झापाको बिर्तामोड, सुनसरीको इटहरी, कास्कीको पोखरा लगायतका ठूला साना शहरहरुमा बन्दको प्रभाव परेको हाम्रा संवादाताहरुले जानकारी दिएका छन् ।
२०७५ वैशाख २२ गते शनिबार बिहान ७ ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :