नेपाल बन्दको पूर्वसन्ध्यामा देशभरी मशाल जुलुस

महोत्तरीको बर्दीबास

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले बैशाख २२ गते शनिबारका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा शुक्रबार साँझ देशका विभिन्न ठाउँमा मशाल जुलुस निकालिएको छ ।

दाङ घोराहीको क्याम्पसरोेड

चितवनको टाँडी, रुपन्देहीको बुटवल मिलनचोक र भैहरवा, झापा, दाङ घोराहीको क्याम्पसरोेड,

सल्यानको बाघचौर

सल्यानको बाघचौर, कैलालीको सुखड र टिकापुरमा, रोल्पाको सुकिदह, प्युठान, नवलपरासीको कावासोती र गैडाकोट,  रुकुमलगायतका ठाउँहरुमा साँझ मशाल जुलुस निकालिएको छ ।

सुनसरीको इटहरी

यस्तै कास्कीको पोखरा, महोत्तरीको बर्दीबास, सुनसरीको इटहरी लगायत देशका विभिन्न ठाउँमा नेकपाका शुभचिन्तक सर्मथक र स्थानीय युवाहरुले मशास जुलुस निकालेका छन् ।

कैलालीको सुखड

सरकारले नेकपाका नेताकार्यकर्ताहरुलाई पक्राउ गरेर बेपत्ता बनाएको, झुट्टा मुद्दा लगाउने गरेको भन्दै बैशाख २२ गते नेपालबन्दको आह्वान गरिएको छ । उक्त बन्दको समर्थन र सरकारी हस्तक्षेपको विरोधमा देशव्यापी जुलुुस निकालिएको हो ।

नवलपरासीको कावासोती र गैडाकोट

यसैविच नेपालबन्दको समर्थनमा मशाल जुलुस निकाल्ने क्रममा प्रहरीले विभिन्न ठाउँमा नेकपाका कार्यकर्ता, समर्थक शुभचिन्तकहरुलाई पक्राउ गरेको बताइएको छ ।

जसअनुसार चितवनका प्रदिप लामा सहित अर्को एकजना र प्युठानमा जिल्ला इन्चार्ज चिन्तामणि र केशवलाई पक्राउ गरिएको बताइएको छ ।

२०७५ वैशाख २१ गते शुक्रबार ९ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :