चितवनका विभिन्न ठाउँमा कोणसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवनले बिहीवारसाँझ जिल्लाको विभिन्न स्थानमा कोण सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य किरण सरकारी दमनको विरोध र राईलगायत गिरफ्तार गरिएका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै कोणसभा सम्पन्न गरिएको हो । चितवनको टाँडी, भण्डारा, भरतपुर, सुक्रनगर, माडी र पर्शा लगायतका स्थानमा भएका सभाहरुमा पार्टीका नगरप्रमुखहरुले सम्बोधन गरेका छन् । जसअनुसार टाँडीमा रणदीप, भरतपुरमा दुर्गा, पर्शामा शिषम, शुक्रनगरमा बुद्धि र माडीमा टिकाले सम्बोधन गरेको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् ।

२०७५ वैशाख २० गते बिहीबार बेलुका ७ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :