मजदुर दिवस र माक्र्सवाद : गुणराज लोहनी

 

शिक्षामा पहुँच, यातायातको व्यवस्था, प्रविधीकरण भएको जीवन, उत्पादनका साधनमा प्रविधि, त्यसमा पनि सूचनाप्रविधिको समायोजनले श्रमजीवी वर्गको श्रमपद्धतिमा ठूलो परिवर्तन आएको छ । यही परिवर्तनलाई बुझ्न नसक्दा मजदुर आन्दोलन पनि अन्योलमा परेको देखिन्छ । चौथो औद्योगिक क्रान्ति भैरहँदा श्रमजीवीहरूको श्रमको स्वरूप पनि स्थानान्तरण हुन पुगेको छ । यसको मतलब पुँजीवादीको श्रमजीवीमाथिको शोषण, दमन र उत्पीडन छैन भन्ने होइन । बरु अझ बढिरहेको छ ।

मङ्गलबार (वैशाख १८ गते) का दिन नेपाललगायत विश्वका सबैजसो देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । पहिलापहिला यो दिवस मजदुरहरू र साम्यवादीहरूले मात्र चाडका रूपमा मनाउने गर्दथे । तर अहिले सरकारहरूले नै सार्वजनिक बिदा गरेर मे १ दिवस भनी मनाउने गरेका छन् । त्यसैले यो दिवस कसले, किन र कसरी मनाउन थालियो भन्ने कुरा द्विविधामा पर्न थालेको छ । अहिले आएर मजदुरमारुवा पुँजीपतिहरूले पनि यो दिवस मनाउने गरेका छन् । तर यथार्थमा सिकागो प्रदर्शनीको सैद्धान्तिक पक्ष, माक्र्स, एङ्गेल्सको नेतृत्वको कम्युनिस्ट अन्तर्राष्ट्रियको बैठकले गरेका निर्णय र मागहरूसँग सरकोर राख्दछ । त्यसैले मे १ समाजवादीहरूको चाड हो ।

भूमिका

सन् १८८९ मे १ देखि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन थालिएको छ । त्यस समयमा पहिलो औद्योगिक क्रान्ति सकिएर दोस्रो औद्योगिक क्रान्ति (१८७०–१९१४) सुरु भएको थियो । त्यसैले औद्योगिक क्षेत्रमा लाखौँको सङ्ख्यामा मजदुरहरू काम गर्दै थिए । तर उद्योगहरूका मालिक पुँजीपतिहरूले दिनको १६ देखि १८ घन्टासम्म काम लगाउँदा पनि पेटभर खान दिँदैनथे । कम ज्यालामा, जोखिमपूर्ण, अस्वस्थ वातावरणमा मजदुरहरूले ज्यानको बाजी राखेर काम गर्नु पर्दथ्यो ।

पहिलो र दोस्रो औद्योगिक क्रान्तिको समयमा नै पुँजीपतिहरूले मजदुरहरूमाथिको चरम श्रम शोषण गरेका थिए र अकुत सम्पत्ति जम्मा गरेका थिए । ठीक यही समयमा माक्र्स र एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र पनि तयार पारेर सार्वजनिक गरेका थिए । सबैलाई थाहा छ, २१ अप्रिल १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक हुनुभन्दा पहिलो ड्राफ्टहरू तयार भएका थिए । सन् १८४४ मा ‘इङ्गल्यान्डका मजदुरहरूको अवस्था’, १८४७ मा अन्तर्राष्ट्रिय कामदारहरूको सङ्घको कार्यक्रमलाई भनेर ‘साम्यवादका सिद्धान्तहरू’ का रूपमा एङ्गेल्सले तयार पार्नुभएको थियो । यी तथ्यहरूले विश्वका श्रमजीवी जनताको मुक्ति र समानताको सैद्धान्तिक र व्यवस्थित कार्यक्रम माक्र्स र एङ्गेल्सले तयार पार्नुभएको थियो ।

यसअघि सन् १८३८ को लन्डन श्रमिक मान्छे सङ्घ (ीयलमयल ध्यचपष्लन ःभलुक ब्ककयअष्बतष्यल) को चार्टिस्ट आन्दोलन, लुडिटको मसिन तोड आन्दोलनहरू मजदुरहरूले नगरेका होइनन् । तर ती कुनै मूर्त सिद्धान्त वा नीतिद्वारा निर्देशित नभएका कारण आवेशमा बढी आधारित रहेका थिए । मूल रूपमा १८४४ मा माक्र्सको इकोनोमिक्स एन्ड फिलोसोफिक म्यानुस्क्रिप्ट सार्वजनिक भएपछि वास्तवमा औद्योगिक क्रान्तिपछि पुँजीवादले श्रमजीवीलाई कसरी शोषण, दमन र उत्पीडन गरेको छ भन्ने कुरालाई सैद्धान्तीकरण मात्र भएको थिएन, यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने स्पष्ट बाटो पनि देखाइएको थियो ।

माक्र्सले अध्ययन गर्दै जाँदा एकातिर मजदुर आन्दोलनहरू उठिरहेका थिए भने अर्कोतिर औद्योगिक उत्पादन बेचेर पुँजीपतिहरू दिन दुई गुना र रात चार गुना कमाइराखेका थिए । यसरी पुँजी बढाउँदै जानुलाई माक्र्सले उपभोग्य बस्तु उत्पादन गर्ने मुख्य मानव श्रमको उचित मूल्य श्रमजीवीलाई नदिनु बताउनुभयो । श्रमिकले श्रम गरेबापत पुँजीपतिको हातमा पुगेको त्यो मूल्यलाई अतिरिक्त मूल्य भनियो । माक्र्सले पत्ता लगाएको अतिरिक्त मूल्यको सिद्धान्त समाजवादमा महान् आविष्कार हो ।

न् १८६४ सेप्टेम्बर २८ मा लन्डनमा इन्टरनेसनल वर्किङ मेन्स एसोसिएसनका नाममा पहिलो अन्तर्राष्ट्रिय कम्युनिस्टको स्थापना भएपछि त्यसको बैठकले मजदुरको मागहरूलाई स्पष्ट पारेको थियो । पुँजीवादको विकाससँगै माक्र्सवादका प्रवर्तकहरू कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले पुँजीवादी राज्यव्यवस्थाले श्रमजीवी मानवसमाजमाथि थोपरेको शोषण, दमन र उत्पीडनको चरित्रको पहिचान गर्नुका साथै त्यसबाट मुक्त भई क्षमताअनुसारको काम र आवश्यकताअनुसारको मामको स्वतन्त्रता साम्यवादसम्म पुग्न सकिने चम्किलो मार्ग निर्देशनको आविष्कार गर्नुभएको थियो । कम्युनिस्ट घोषणापत्रको घोषणापछि प्रथम अन्तर्राष्ट्रियको सन् १८६४–६६ मा बैठक बसेको थियो । उक्त पहिलो अन्तर्राष्ट्रियको बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको थियो । त्यहाँ पारित प्रस्तावहरूले तत्कालीन अवस्थामा विश्वका अति विकसित राष्ट्र जसलाई माक्र्सले पुँजीवादी राष्ट्रको संज्ञा दिनुभएको थियो— ती देशहरूमा श्रमिकहरूको अवस्था कस्तो थियो त्यसमा पनि महिलाहरूको अवस्था कस्तो थियो भन्ने झल्काउँछ— त्यो बैठकको माइन्युटमा श्रमिक महिलाहरूका बारेमा यस्ता मुद्दा पारित गरेको थियो– १. उद्योगको नाम, २. रोजगारको उमेर र लिङ्ग, ३. रोजगारको सङ्ख्या, ४. तलब र ज्याला, क) सिकारु, ख) बीचको मान्छेले दैनिक, साप्ताहिक, वार्षिक रूपमा औसत दिने ज्याला ५. क) उद्योगमा गर्ने घन्टा काम । ख) साना रोजगारीले समय गर्नुपर्ने व्यापारीले विभिन्न प्रक्रियामा घरमा गराउने समय, ग) रात र दिनको काम ६. खाना खाने समय र उपचार ७. ‘कार्यशालाको किसिम र काम’, बढी भीडभाड, बिग्रिएको भेन्टिलेसन, प्रकाशको कमी, ग्याँस बत्तीको प्रयोग, सरसफाइ आदि । ८. पेसाको प्रकृति ९.रोजगारीले भौतिक अवस्थामा पारेको प्रभाव १०. नैतिक अवस्था । शिक्षा । ११. व्यापारको राज्य ः मौसमी व्यापार हो अथवा बर्सैभरिको एकीकृत कम वा बेसी, ठूलै उतारचढाव, चाहे भाग्यवश वैदेशिक प्रतिस्पर्धाको खुलासा, मूलतः वैदेशिक प्रतिस्पर्धाका लागि स्थान आदि । १२. कार्यदिनको सीमितता ‘प्रारम्भिक अवस्था । यी सबैबाहेकको प्रयासबिना क्रान्ति र उन्नति विफल हुने प्रमाणित हुन्छ कार्यदिनको सीमितता ।’ ‘श्रमिक वर्गका लागि स्वास्थ्य र शारीरिक ऊर्जाको सञ्चिति आवश्यक पर्छ । त्यो हो, राष्ट्रको ठूलो शरीरिक हो, साथसाथै बौद्धिक विकासको सुनिश्चितता लागि पनि, सामाजिक सम्भोग, सामाजिक र राजनीतिक कार्य । यसरी औद्योगिक मजदुरहरूको मुख्य समस्याहरूलाई पहिलोपटक यो बैठकले निर्णय गरेको थियो र ८ घन्टे काम, ८ घन्टे, आराम र ८ घन्टे मनोरञ्जनको नारालाई यही बैठकको निर्णय मानिन्छ ।

सिकागोले के ग¥यो ?

सिकागोमा मजदुर आन्दोलनको तयारी गर्दै गर्दा माक्र्सको निधन भैसकेको थियो तर एङ्गेल्स ज्युँदो नै हुनुहुन्थ्यो । अप्रिल २९ का दिन एङ्गेल्सले सोर्गेको नाममा एउटा चिट्टी लेख्दै भन्नुभएको छ, ‘सबै युवा राष्ट्रहरूमा सैद्धान्तिक अज्ञानता विशेषता बनेको छ तर व्यावहारिक रूपमा तीव्र विकास भएको छ । बेलायतमा जस्तो अमेरिकामा वास्तविक सहयोग आवश्यक नभएसम्म धार्मिकताको सहयोग हुँदैन । अमेरिकामा सचेतताहरू बढिरहेका छन् । सन् १८८६ मा अमेरिकाको आन्दोलनमा आदिवासी श्रमिकहरूको प्रवेश हुनु ठूलो कुरा हो । जहाँसम्म जर्मनको दबदबा त्यहाँ छ, अमेरिकालाई बिस्तारै पूर्ण रूपमा अनुकूल बनाइदिऔँ— त्यहाँ एक अथवा दुईवटा अगाडिका अघि न्युक्लिअसतिरका कदमहरू रहिरहनेछ यद्यपि यिनीहरू प्रकृति र प्रगतिका सैद्धान्तिक दृढतामा सम्पूर्ण पूर्ण आन्दोलनका रूपमा रहनेछ, अन्तोगत्वा उद्वेलन पैदा गर्नेछ, फेरि एकपटक माथि उठ्नेछ ।’

यो एङ्गेल्सको सिकागो मजदुर आन्दोलनको अभिष्यवाणीजस्तै भएको थियो । १८८६ मे १ मा सिकागो मजदुर आन्दोलन जसमा लाखौँको सहभागिता थियो, जसमा २२ अघि ठोस गरिएको ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको मागको नारा घन्किएको थियो । मे १ भन्दा अगाडि एउटा अपिल छापिएको थियो । त्यसमा यस्ता युक्तिहरू रहेका थिए ।
१— कामदारहरूलाई हतियार
२— दरबारमा युद्ध, झुप्रामा शान्ति र विलासिताको मृत्यु
३— यो ज्यालाप्रणाली विश्वको दुःखको कारण हो । यो धनी वर्गहरूमा समर्पित छ, यसलाई ध्वस्त पार्न, यिनीहरू वा त काम गर्नुपर्छ या त मर्नुपर्छ ।
४— एक पाउन्ड डाइनामाइट, एउटा बुसेल (२१५२.४२ वर्गइन्च) को मतभन्दा राम्रो हुन्छ ।
पुँजीवादको सिकारी कुकुर, पुलिस र उनीहरूको मिलिसियाहरूको हातबाट हतियारसहित ८ घन्टे कामको माग राख ।
यसैकारणले १३ हजार व्यवसायहरूबाट कम्तीमा ३ लाख कामदारहरूले आन्दोलनमा सहभागी भएका थिए । हेमार्केट स्क्वायरमा भएको मजदुर परेडमा पुलिसले रक्तपात पूर्ण दमन गरेको थियो । मजदुरहरूको यो गौरवपूर्ण, साहसिक र वीरतापूर्ण प्रदर्शन गरेको दिनलाई नै मे दिवस भनिन्छ ।

त्यसपछि के भयो ?


सिकागो मजदुर आन्दोलन भएको ३ वर्षपछि अर्थात् १८८९ मा बसेको कम्युनिस्ट अन्तर्राष्ट्रियले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा घोषणा ग¥यो । समाजवादी आन्दोलन र देशहरूमा यस दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउन थालेका थिए । तर अमेरिकामा शीतयुद्धताका सन् १९५८ बाट मात्र त्यसलाई स्वीकार गरेको थियो ।

पहिलो विश्वयुद्ध भैराख्दा साम्राज्यवादी देश रुसमा लेनिनले मजदुरहरूका खान नपाएका, युद्धले तहसनहस भएका मजदुरहरूको मागलाई सम्बोधन गर्दै ‘रोटी, जमिन र शान्ति’ नारा दिएर क्रान्तिको उद्घोष गर्नुभएको थियो । माक्र्सले व्याख्या गरेको पुँजीवादले लेनिनसम्म आइपुग्दा साम्राज्यवादमा पतन भएको निष्कर्ष निकाल्नुभएको थियो । रुसी अक्टोबर क्रान्तिबाट स्थापित सोभियत सङ्घले मजदुरहरूको ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको नारा लागू गरेको थियो । दोस्रो विश्वयुद्धमा जर्मन फासिवादको अन्त्यपछि स्थापना भएका सबै समाजवादी देशहरूमा यी नारा कार्यान्वयन मात्र भएनन्, ती देशहरूमा श्रमजीवी सर्वहारा वर्गको अधिनायकत्वको सत्ता निर्माण पनि भएको थियो ।

कमरेड माओले चीनको नयाँ जनवादी क्रान्ति सफल पार्नका लागि खेतीहर मजदुरहरूको मागलाई अघि ल्याउनुभयो । उहाँले अर्धसामन्ती र अर्धऔपनिवेशिक च्याङकाई सेकको सत्ता, ग्रामीण क्षेत्रका जमिनदार र युद्ध सरदारहरूका विरुद्ध मात्र लड्नुभएन, जापानी र अमेरिकी साम्राज्यवादका विरुद्ध लडेर नयाँ जनवाद हुँदै समाजवाद पनि स्थापना पनि गर्नुभएको थियो । जनगणतन्त्र चीनमा पनि श्रमजीवी किसान मजदुरको (जनताको जनवादी अधिनायकत्वसहित) को सत्ता स्थापना भएको थियो । त्यसैले विगतका मजदुर आन्दोलनहरू केवल ८ घन्टे काममा मात्र सीमित भएनन् ।

अबको मजदुर आन्दोलन

अहिले पुँजीवादले चरम विकास गरेको छ । लेनिनले व्याख्या गरेको जस्तो पुँजीवादको चरम अवस्था साम्राज्यवाद अहिले छैन । त्यहीअनुरूपको मजदुरहरू पनि छैनन् । त्यसैगरी माओको पालाको जस्तो खेतीहर मजदुर (गरिब किसान) पनि छैनन् । तर उनीहरू नयाँ खालका श्रमजीवीमा परिणत भएका छन् । शिक्षामा पहुँच, यातायातको व्यवस्था, प्रविधीकरण भएको जीवन, उत्पादनका साधनमा प्रविधि, त्यसमा पनि सूचनाप्रविधिको समायोजनले श्रमजीवी वर्गको श्रमपद्धतिमा ठूलो परिवर्तन आएको छ । यही परिवर्तनलाई बुझ्न नसक्दा मजदुर आन्दोलन पनि अन्योलमा परेको देखिन्छ । चौथो औद्योगिक क्रान्ति भैरहँदा श्रमजीवीहरूको श्रमको स्वरूप पनि स्थानान्तरण हुन पुगेको छ । यसको मतलब पुँजीवादीको श्रमजीवीमाथिको शोषण, दमन र उत्पीडन छैन भन्ने होइन । बरु अझ बढिरहेको छ । अहिले मजदुरहरू उच्चप्रविधिको माध्यमबाट आफ्नो श्रमलाई रूपान्तरण र द्विगुणित गरिराखेका हुन्छन् । अहिले शारीरिक श्रमका सँगसँगै मानसिक श्रममाथिको शोषण पनि तीव्र भएको छ । रूप पनि अनगिन्ती हुन पुगेका छन् ।

यसरी साम्राज्यवादको नयाँ चरित्र, जब अन्तरिक्षमा पृथ्वीको प्रविधिको पहुँच, त्यसबाट सूचना सङ्केतका माध्यमबाट जनरल पकेट रेडियो सिस्टमर र ग्लोबल पोजिसनिङ सिस्टमको सञ्चालनले सम्भव बनाएको विज्ञानप्रविधि र सूचनाप्रविधिबीचको एकताले उत्पादन सम्बन्धमा भएको फेरबदलले क्रान्तिको चरित्र पनि बदलिदिएको छ । यसैले अबको क्रान्तिको आधार एकीकृत जनक्रान्ति बन्न गएको छ । यही पछिल्लो चरित्रलाई क्रानि तकारी मजदुरहरूले बुझ्न जरुरी छ र त्यसैबमोजिम आफ्ना कार्यक्रम तय गरी मजदुर आन्दोलन अघि बढाउनुपर्छ तब मात्र मे १ मनाउनुको औचित्य पूरा हुन्छ । स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख २१ गते शुक्रबार बिहान ८ : ८२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :