प्रहरी दमन बन्द गर : नेकपा, मोरङ

 

 

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टीले पारिवारीक भेटघाटको लागि भारत गएकोबेला पक्राउ गरिएका आफ्नो पार्टीका मोरङ जिल्ला सदस्य सुरेश राईलाई बिनाशर्त रिहाइको माग गरेको छ । साथै, नेपालमाथि लगातार हस्तक्षेप गरिरहेको भारतीय पक्षको यस्तो कदम गैर न्यायीक भएको भन्दै राईलाई यथाशिघ्र रिहाईको माग पनि गरेको छ । नेकपाका मोरङ इन्चार्ज पुष्करले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोरङमा आफ्नो पार्टीका नेताकार्यकर्तामाथि प्रशासनले गिरफ्तार धरपकट अनावश्यक खानतलासी गरेर दुख दिएको बताएका छन् । श्रेष्ठले आफ्नो पार्टीमाथि सरकारी पक्षले गरेको दमनको भत्र्सना गर्दै पक्राउ गरिएका आफ्नो पार्टीका नेताकार्यकर्तालाई बिनाशर्त रिहाइको जोडदार माग गरेका छन् ।

२०७५ वैशाख २० गते बिहीबार अपरान्ह ४ : ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :