धनुषामा नेकपाको जनजागरण अभियान

काठमाडौं : नेकपा धनुषाले जनजागरण अभियानको सिलसिलामा जिल्लाको रुधौलीमा कोणसभा सम्पन्न गरेको छ । स्थानीय जनताको ब्यापक सहभागीतामा सम्पन्न उक्त कोणसभाबाट नेकपाको वडा स्तरिय समिति गठन गरिएको छ । सभालाई सम्बोधन गर्दै नेकपाका धनुषा इन्चार्ज राजु कार्कीले आफ्नो पार्टीले संचालन गरेको जनजागरण अभियान र यही २२ गते सो पार्टीले आह्वान गरेको नेपालबन्दको बारेमा स्पस्ट पारेका थिए । सभामा धनुषा सेक्रेटरी अमर क्षेत्री, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य रेखा चौहान, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य किशोरी महरा लगायतले सम्बोधन गरेका थिए । सो सभाबाटै ९ सदस्यीय वडा समिति निर्माण गरिएको छ । समितिको सेक्रेटरीमा प्रदिप शाह चयन भएका छन् भने सदस्यहरुमा शेष नारायण शाह, गुल्टेन सदा, लोसन ठाकुर, सुकदेव पन्जियार, सोनेलाल मण्डल, राजकुमारी मल्लीक, चैनीदेवी गडेरी र गीतादेवी मल्लीक रहेका छन् । सो समितिको सल्लाहकारमा दिवस मण्डललाई चयन गरिएको छ । कार्यक्रमको सहजीकरण रेखा चौहानले गरेकी थिइन ।

२०७५ वैशाख २० गते बिहीबार ३ :३० प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :