नेकपाका जिल्ला सदस्य दिल्लीबाट पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला समिति सदस्य तथा बुढीगंगा गाँउपालिकाका सेक्रेटरी सुरेश राई ‘सागर’लाई भारतीय प्रहरीले दिल्लीबाट पक्राउ गरेको छ । लामो समयदेखि भारतको दिल्लीमा बसिरहेका परिवारलाई भेटन गएको बेला राईलाई पक्राउ गरेको उनको पारिवारिक श्रोतले जनाएको छ । पक्राउ गर्नुको कारणबारे थाहा हुन सकेको छैन । भारतीय अखबार द इकोनोमिक्स टाइमले भारतीय दूतावासमा शक्तिशाली बम विस्फोट गराउने मुख्य योजनाकारलाई भारतमा पक्राउ गरिएको समाचार छापेको छ । तर नेकपाले भने पारिवारिक भेटघाटमा रहेका आफ्ना कार्यकर्तालाई विनाकारण गैरन्यायीक तरिकाले राजनैतिक आस्थाको आधारमा पक्राउ गरिएको बताएको छ । नेकपा मोरङका इन्चार्ज पुष्कर श्रेष्ठले विनाकारण पक्राउ गरिएका आफ्नो पार्टीका स्थानीय नेता कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग समेत गरेका छन् । यसैविच नेकपा मोरङका सदस्य तथा कानेपोखरी गाउँपालिकाका सेक्रेटरी दिपक आर्चायलाई पनि प्रहरीले पक्राउ गरेको छ । आर्चायलाई उनको घरबाटै पक्राउ गरेको उनको पारिवारिक श्रोतले जनाएको छ ।

२०७५ बैशाख २० गते बिहिबार १ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :