भारतीय दूतावासले सिधै ५ करोड लगानी गर्न पाउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नेपाल आउने दिन नजिकीदैं गर्दा केपी सरकारले उनलाई रिझाउनका लागि एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको छ । जसको पछिल्लो उदाहरण हो भारतीय दूतावासले “साना अनुदान सम्झौता”को नाममा नेपालको कुनैपनि भूभाग र क्षेत्रमा ५ करोडसम्मको परियोजनामा लगानी गर्न पाउने । २०५४ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा १ करोडसम्म लगानी गर्न पाउने गरी गरिएको साना अनुदान सम्झौता(स्मल ग्राण्ड एग्रिमेन्ट) बाबुराम प्रधानमन्त्री हुँदा बढाएर ३ करोड पु¥याएका थिए । उक्त सम्झौताको म्याद गत शेरबहादुर देउवाको पालामा सन् २०१७ अगस्त ५ मा सकिएपछि देउवाले नवीकरण गरेका थिएनन् । यसरी भारतले लगानी गर्दै आएको उक्त रकम उसले नेपालको रणनैतिक र सामरिक क्षेत्रहरुमा विद्यालय बनाउने नाममा खर्च गर्ने गरेको छ । फलतः अहिले नेपालका हिमाली र पहाडि क्षेत्रहरुमा यही लगानीका नाममा विद्यालय बन्ने गरेका छन् । ती विद्यालयहरुको शिलन्यास र उद्घाटनमा भारतीय अधिकारीहरु प्रमुख अतिथिकारुपमा भाग मात्र लिदैनन् कि ती विद्यालयहरुमा त्यस्ता कार्यक्रमहरुमा भारतीय राष्ट्रिय गान पनि नेपाली बालबालिकाहरुलाई गाउन लगाइन्छ ।
२८ गते भारतीय प्रम मोदी हेलिकप्टर चढेर सिधै जनकपुर आउँदैछन् । उनी काठमाडौं हुँदै मुस्ताङ जाँदैछन् । मोदीलाई स्वागत गर्न नेपाली प्रम आफै जनकपुर पुग्दैछन् । स्मरण रहोस् गत महिना ओली दिल्ली भ्रमणमा जाँदा उनलाई स्वागत गर्न भारतीय गृहमन्त्री राजनाथ सिंह गएका थिए । मोदीको नेपाल भ्रमण हुँदै गर्दा नेपाल भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा फौज र नेपाली जनताका बीचमा भीडन्त भैराखेको छ । भारतीय सीमा सुरक्षा बलले नेपालतिरको सीमास्तम्भ, तारबार भत्काउने गरेको छ । सामाजिक सञ्जालहरुमा भीडन्तका दृश्यहरु देखाइएका छन् । यसका बारेमा केपी सरकारले कुनै प्रतिक्रिया दिएको छैन । उ मूखदर्शक भएर बसेको मात्र छैन कि मालिकको स्वागतको तयारीमा व्यस्त छ । बरु नेपालमाथि भारतको ज्यादती विरुद्ध आवाज उठाइरहेका नेकपाका नेता र कार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने यहाँसम्म कि उपचारकोलागि भारत गएका नेपालीलाई पनि गिरफ्तार गरिराखेको छ । भारतीय अखबार द इकोनोमिक्स टाइमले भारतीय दूतावासमा शक्तिशाली बम विस्फोट गराउने मुख्य योजनाकारलाई भारतमा पक्राउ गरिएको समाचार छापेको छ । यदि यो घटना सत्य हो भनें ज्ञानेन्द्रकाल र ओलीकालमा के फरक भयो ?

२०७५ बैशाख २० गते बिहिबार १ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :