अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य पक्राउ

 

काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा सुदुर पश्चिम विश्वविद्धालय इन्चार्ज विररेन्द्र शाहलाई प्रहरीले पक्राउ गरेको छ । शाहलाई बुधबार संगठनको कामको शिलशिलामा कञ्चनपुरबाट पक्राउ गरिको हो । आफ्ना नेतालाई बिनाकारण पक्राउ गरेको भन्दै सो संगठनले तत्काल बिनासर्त रिहाइको माग गरेको छ । त्यस्तै काठमाडौं माओवादी केन्द्रकी नेतृसमेत रहेकी नेकपाका मोरङ इन्चार्ज पुष्कर क्षेष्ठकी श्रीमतीलाई प्रहरीले बुधबार गिरफ्तार गरी दुई घण्टापछि छोडिदिएको पारिवारिक स्रोतले बताएको छ । क्षेष्ठको काठमाडौं चण्डोल स्थित निवासमा प्रहरीले मंगलबार बेलुका ८ बजे छापा मारेको पनि बताइएको छ । अहिले पनि उनको निवास वरपर प्रहरी बसिरहेको पारिवारिक स्रोत जानकारी दिएको छ ।
२०७५ वैशाख १९ गते बुधबार बेलुका ९ : ५५ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :