नेकपाका कार्यकर्तामाथि भएको दमनको युरोपमा विरोध

 

 

वेल्जियम : नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमले १२९औं मजदुर दिवस मनाएको छ । वेल्जियमको एन्टवेर्पन शहरमा वरर्कस पार्टी वेल्जियम,अन्य मजदुर संगठनहरु र नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमले मजदुर दिवस संयुक्त रुपमा मनाएको हो । समाजवादी व्यवस्थाको स्थापना गरौं भन्ने मुल नारामा सम्पन्न उक्त र र्यालीमा हजारौं मजदुरहरुले भाग लिएका थिए ।वरकर्स पार्टी वेल्जियमका अध्यक्ष पिटर मार्टिनले उक्त र र्यालीलाई सम्बोधन गरेका थिए । उनले पुँजीवादी सत्ताका विकृतिहरुको चर्चा गर्दै राज्यसत्ता जनताको हातमा लिने समाजवादी आन्दोलनमा अगाडि बढ्न सबैलाई आहन गरेका थिए । अमेरिकन साम्राज्यवादको नेतृत्वमा विश्वमा युद्धको खेतिभइरहेकाले त्यसको डटेर विरोध गर्नुपर्ने धारणा राखेका थिए ।  मोर्चाले नेपालमा नेकपाका नेता तथा कार्यकर्तामाथिको दमन तथा धरपकड बन्द गर, शान्ति, समानता, सार्वभौमिकता तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको वाटोमा अगाडि बढौं भन्ने नारा सहितको व्यानर प्रदर्शन गरेको थियो ।
२०७५ वैशाख १९ गते बुधबार अपरान्ह ५ :  ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :