नेकपाका इन्चार्ज पुष्कर श्रेष्ठको निवासमा प्रहरी

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मोरङ इन्चार्ज पुष्कर श्रेष्ठको चण्डोलस्थित निवासमा गए राती ४:३० मा प्रहरीले छापा मारेको छ । सो समयमा श्रेष्ठ भने निवासमा थिएनन् । सादा पोशाकमा गएका २४ जना मध्ये एक जनाले आफूहरु “विशेष अनुसन्धानबाट आएको”परिवारलाई बताएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सो प्रहरी टोलीमा २४ जना थिए । अहिले पनि श्रेष्ठ निवास वरपर ५ जना सादा पोशाकका प्रहरी रहेको बताइन्छ । भारतीय सुरक्षकर्मीहरु नेपालको हरेक क्षेत्रमा पसेर धरपकड गरिरहेको अवस्थामा श्रेष्ठ खोज्न जाने प्रहरी पोशाकमा नभएकोले नेपाल प्रहरी नै हुन् कि भारतीय प्रहरी हुन् खुल्न सकेको छैन । परिवारले परिचय पत्र माग्दा पक्राउ गर्न जाने टोली परिचय खुलाउन नमानेको परिवार स्रोतले जानकारी दिएको छ ।

२०७५ वैशाख १७ गते सोमबार बेलुका १० : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :