अनेमसङ्घ क्रान्तिकारीको भेला

 

 

काठमाडौं : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कपिलवस्तुको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कमला विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालले उद्घाटन गरेका थिए । भेलामा कपिलवस्तु इन्चार्ज सङ्गम, सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज कल्पना सुवेदीको पनि उपस्थिति थियो । भेलालाई सम्बोधन गर्ने वक्ताहरूले वर्गीय मुक्तिबिना महिलामुक्ति सम्भव नभएकाले वास्तविक महिला मुक्तिका लागि वैज्ञानिक समाजवादको स्थापना अनिवार्य भएको बताए । उनीहरूले वर्तमान संसदीय व्यवस्थाका विरुद्ध सम्पूर्ण महिलाहरू आन्दोलित हुनुपर्ने बताए ।
२०७५ वैशाख १७ गते सोमबार अपरान्ह २ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :