त्यो एउटा आँधीमय वर्ष : भ्लादिमिर इल्यिच लेनिन

 

 

लेनिनको एक मात्र कविता

त्यो एउटा आँधीमय वर्ष
सारा देशलाई आफ्नो चपेटामा लियो आँधीले
बादल फाट्यो र हामीमाथि बर्सियो तुफान
अनि असिना र चट्याङ
घाउ मुख बाउँदै रह्यो खेत, खलिहान र बस्तीमा
चोटमाथि चोट दिँदै ।
बिजुली चम्किन थाल्यो, खुँखार भएर उठ्यो चम्काइ त्यो
निष्ठुर ताप जल्न थाल्यो, छातीमा प¥यो ढुङ्गाको भार ।
र आगोका झिल्काहरूले झलमल पारिदियो
नक्षत्रहीन अँधेरी रातको शून्यतालाई ।
पूरा संसार, सारा मान्छे तितरबितर भए
एउटा अड्किएको डरदेखि दिल बस्दै गयो
दर्दले मानौँ प्राण छुट्न लाग्यो
बन्द भए तमाम उदास अनुहार ।
खुनी तुफानमा हजारौँ सहिदहरूले ज्यान गुमाए
तर त्यसै तिनले दुःख झेलेनन्, त्यसै काँटादार मुकुट लाएनन् ।
झूट र अँध्यारोको राजमा ढोङ्गीहरूको बीचबाट
ती बढ्दै गए आउनेवाला दिनको मशालजस्तै ।
आगोका लप्काहरूमा, सदा जलिरहेको ज्वालामा
हाम्रा अगाडि यी बलिदानी बाटो खनेर गए
जिन्दगीमाथि, गुलामीको जन्जिरमा
तिनीहरूले घृणाको छाप लगाइदिए ।
हिउँले सास छोड्यो, पातहरू बिरङ्गी भएर झर्न थाले
हावामा फसेर घुमीघुमी मृत्युको नाच नाच्न थाले ।
आयो हिउँद ऋतु धुलाम्मे हिउँद ।
वर्षाको रुवाइ, कालो फोहोरमा डुबेका ।
मान्छेका लागि जिन्दगी घृणित र बेस्वाद भयो
असहनीय लाग्न थाले तिनलाई जिन्दगी र मृत्यु दुवै
पिरोल्न थाल्यो रिस र दुःखले तिनलाई
तिनको दिल तिनको घरजस्तै नै
चिसो, खाली र उदास भयो ।
त्यसपछि अचानक वसन्त !
एकदम सडेको हिउँदको बीचमा वसन्त,
उत्रियो हामीमाथि एक उज्यालो सुन्दर वसन्त
बेहाल उदास मुलुकमा स्वर्गको देनजस्तै,
जिन्दगीको जुझारुपनजस्तै त्यो लालवसन्त !
मे महिनाको बिहानै एक रातो बिहान
उदायो फिका आकाशमा
चम्किलो सूर्यले आफ्नो लालकिरणको तरबारले
बादललाई चिरिदियो, कुहिरोको कफन च्यातियो ।
ईश्वरको वेदीमा अन्जान हातले जलाइयो ।
शाश्वत् होमाग्निजस्तै
सुतिरहेका मान्छेहरूलाई तान्यो उसले उज्यालोतिर ।
जोशिलो रगतबाट पैदा रङ्गीन गुलाब
राताराता पूmल फक्रिए
र भुलिसकिएको चिहानलाई ओढाइयो
सम्मानको मुकुट ।
मुक्तिरथको पछाडि
लालझन्डा फहराउँदै
नदीजस्तै बग्न थाले जनसागरहरू
मानौँ वसन्तमा पानीका मूल फुटेका छन् ।
लालझन्डा फरफराउन थाल्यो जुलुसमा
मुक्तिको पावन मन्त्रले आकाश गुञ्जियो
सहिदहरूको सम्झनामा प्रेमीले आँसु बगाउँदै
जनताले शोकगीत गाउन थाले ।
खुसीले भरिपूर्ण ।
जनताको मन आशा र सपनाले भरियो
सबैले भविष्यको मुक्तिलाई स्वागत गरे
सज्जन, वृद्ध र केटाकेटीहरू सबैले ।
तर निद्रापछि आउँछ जागरण
नाङ्गो यथार्थ
सपना र पागलपनको स्वर्ग सुखपछि नै आउँछ
छलकपटको तितो स्वाद ।
अँध्यारोका ताकतहरू छायामा लुकेर बसेका थिए
धुलोमा मडारिँदै ती फुत्कार्दै थिए ।
बसेका थिए ती घात लगाएर ।
अचानक तिनले दाह्रा र छुरा रोपिदिए
वीरहरूको पिठ्यूँ र पाउमा ।
जनताका दुस्मनहरूले आफ्नो गनाउने मुखले
तातो सफा रगत पिए
निश्चिन्त मुक्तिका सहयात्री जब मुस्किल
बाटोमा हिँडाइको थकानले चूर थिए
निहत्था तिनीहरू जब जागै बास लिँदै थिए
तब अचानक हमला भयो तीमाथि ।
उज्याला दिनहरू अँध्यारा भए
त्यस ठाउँलाई अभिषप्त सीमाहीन काला दिनहरूले लिए ।
मुक्तिको रोशनी र सूर्य निभ्यो
कोप्चेरामा उभिइरह्यो सर्प–दृष्टि
बर्बर हत्या, साम्प्रदायिक हिंसा, अनर्गल प्रचार
घोषित भइरहेछ देशप्रेमका रूपमा
कालो भूतको गिरोह पर्व मनाउँदैछ
बेलगाम कठिनतासँग
जुन मान्छेहरू प्रतिरोधका सिकार भएका छन्
जुन मान्छेहरू बिनाकारण निर्ममतापूर्वक
विश्वासघाती हमलाहरूमा मारिएका छन्
ती तमाम ज्ञात–अज्ञात सिकारहरूका रगतले रङ्गिएका छन् ।
सराबको नसामा गालीगलौज गर्दै मुट्ठी कस्दै
हातमा भोड्काका बोतल लिएका बदमास गिरोह
दौडिरहेका छन् पशुहरूको झुण्डजस्तै
तिनका गोजीमा बजिरहेको छ गद्दारीको पैसा
तिनी मान्छे नाचिरहेका छन् डाँकुहरूको नाच ।
तर बेबकुफ, त्यो बुद्धु
बमको डरदेखि अझै पनि बेबकूफ बन्दै मुसाजस्तै काम्छ
र त्यसपछि निसङ्कोच टिसर्टमाथि
‘कालोसय दल’ को प्रतीक लेख्छ
मुक्ति र खुसीको मृत्यु घोषणा गरी
उल्लूहरूको हाँसोमा
रातको अँध्यारोमा प्रतिध्वनि गर्दछ
शाश्वत् हिउँको देशबाट
एउटा खुङ्खार जाडो चिसो आँधी लिएर आयो
सेतो कफनजस्तै हिउँको मोटो तहले
ढाक्यो सारा देशलाई ।
हिउँको साँचोमा बाँधेर जल्लाद जाडोले
बेमौस हत्या ग¥यो वसन्तलाई ।
फोहोरको दागजस्तै यताउता देखिन्छन्
हिउँले दबेका बिचरा गाउँका ससाना अँध्यारा झोपडीका शिखर
गएगुज्रेको बेरङ्ग जाडोसँग भोकले
आफ्नो गढ बनाउँछन् सबै ठाउँ तमाम दूषित घरहरूलाई
गर्मीमा लूले जहाँ आग्नेय उत्पात ल्याउँछ
त्यस अन्त्यहीन हिउँयुक्त क्षेत्रलाई घेरी
सीमाहीन असीमित स्तेपी घेरी
तुसारोका खुङ्खार झोक्का आउँछन्–जान्छन् सेता चराहरूजस्तै ।
बन्धन तोडेर ती तमाम झोक्का साँझसाँझमा गर्जिरहे
तिनका विराट हात अनगिन्ती मुट्ठीहरूले लगातार हिउँ फ्याँकिरहे
तिनले मृत्युको गीत गाइरहे
जस्तै तिनले सदियौँदेखि गाउँदै आएका छन् ।
तुफान गर्जियो एउटा रौँदार जनावरजस्तै
झम्टियो तीमाथि त्यसले जसमा बचेको छ थोरै भए पनि जिन्दगीको धड्कन
र दुनियाँसँग जिन्दगीका तमाम दाग पखाल्नका लागि
पखेटावाला भयङ्कर सर्पजस्तै झटपट गर्दै उड्न थाले
आँधीले पहाडजस्तै हिउँ थुपारेर
रूख बिरुवालाई नुगाइदियो, जङ्गल तहसनहस गरिदियो ।
पशुजस्ता मान्छे गुफातिर भागेका छन् ।
बाटोका रेखाहरू मेटिएका छन्, यात्री अन्जान छन् ।
मरन्च्याँसे भोका भेडाहरू दौडँदै आए
आँधीको यताउता घुम्न थाले
सिकार लिएर तिनको उन्मत्त छिनाझपटी
अनि चन्द्रमातिर मुहार देखाएर चित्कार
जो केही जीवित छन् सारा डरले काँप्न थाले ।
उल्लूहरू हाँस्छन्, जङ्गली लेसी ताली बजाउँछन्
पागल भएर काला दैत्यहरू भुमरीमा घुम्छन्
आफ्नो मनलाई जगाऊ ।
कायरतालाई मनबाट भगाऊ !
पक्षधरतालाई मजबुत बनाऊ ! तानाशाह र मालिकहरूका विरुद्ध
सबै एकजुट भएर खडा होऊ ।
जितको फैसला तिम्रो कसिलो मजदुर मुट्ठीमा ।
हिम्मतले छाती तान ! नराम्रा यी दिन हटेर जानेछन्
एकजुट भएर तिमी मुक्तिका दुस्मनका विरुद्ध खडा होऊ !
वसन्त आउनेछ, आइरहेको छ, त्यो आइपुगेको छ ।
हाम्रो बहुप्रतीक्षित अनौठो, सुन्दर त्यो लालमुक्ति
बढ्दै आइरहेछ हाम्रोतर्फ !
तानाशाही, राष्ट्रवाद र कठमुल्लापनले
गल्ती गरेबिना नै आफ्नो गुणलाई साबित गरेका छन्
तिनैका नाममा तिनीहरूले हामीलाई मारेका छन्
तिनले किसानहरूको हाडमासुसम्मलाई लुछेका छन् ।
तिनीहरूले दाँत तोडिदिएका छन् ।
जन्जिरले बेरिएका मान्छेलाई उनीहरूले जेलमै पुरिदिएका छन् ।
उनीहरूले लुटेका छन्, हत्या गरेका छन्
हाम्रो भलाइका लागि कानुनमुताविक
जारको सानका लागि, साम्राज्यको भलाइका लागि !
जारका गुलामहरूले त्यसका जल्लादलाई तृप्त गरेका छन्
तिनका सेनाहरूले उसका लोभी गिद्दहरूलाई भोज खुवाएका छन् ।
राष्ट्रको सराब र जनताको रगतले
तिनका हत्यारालाई उनीहरूले तृप्त गरेका छन्
तिनका लोभी गिद्दलाई मोटो बनाएका छन्
विद्रोही र विनीत विश्वासिला दासहरूको लास दिएर
इसामसिहका सेवकहरूले प्रार्थनाका साथ
फाँसीको फन्दाको जङ्गलमा पवित्र जल छर्केका छन् ।
स्याबास, हाम्रो जारको जय होस् !
जय होस् त्यसको आशीर्वाद प्राप्त फाँसीको डोरीको
जय होस् त्यसको चाबुक–तरबार–बन्दुकधारी पुलिसको !
ए फौजीहरू, एक गिलास भोड्कामा
आफ्नो प्रायश्चितलाई डुबाइदेऊ !
र तिनका लोभी ओठ आवाज गर्छन्
उनलाई मारण–यज्ञको पूर्वाभास मिलेको छ
खुनी सङ्केतको ती प्रतीक्षा गर्छन् ।
सबैभन्दा माथि, हरेक ठाउँ मौन, सारा दुनियाँमा हिउँ जमेको !
सारा जिन्दगी मानौँ तवाह छ
सारा दुनियाँ मानौँ चिहानको एउटा खोँच हो
मुक्त उज्ज्वल हौसलाको अरू कुनै निशान छैन ।
फेरि पनि रातको अगाडि दिनको हार अझै भएको छैन
अझै पनि चिहानको विजयोत्सव हौसलालाई नामेट पार्दैन
अझै पनि खरानीभित्रबाट झिल्को आस्ते–आस्ते जलिरहेछ
हौसला आफ्नै श्वासले फेरि त्यसलाई जगाउनेछ ।
पैतालाले कुल्चिएका मुक्तिका पूmल
अचानक नष्ट भएका छन् आज
‘काला मान्छे’ उज्ज्वल दुनियाँको डरदेखि खुसी छन्
तर त्यस पूmलको फलले शरण लिएको छ ।
जन्म दिनेको माटोमा
आमाको गर्भमा विचित्र त्यस बीउले
आँखादेखि ओझेल गहिरो रहस्यमा आफैँलाई गिज्याइराखेको छ
माटो त्यसलाई शक्ति दिनेछ, माटो उसलाई तातो दिनेछ,
त्यसपछि एक नयाँ जन्ममा फेरि ऊ उम्रनेछ ।
नयाँ मुक्तिका लागि आतुर जीवाणु बोकेर ल्याउनेछ ऊ
च्यातिदिनेछ हिउँको पर्दा
विशाल वृक्षका रूपमा विकसित भई राता पात फैलाउँदै
दुनियाँलाई उज्ज्वल पार्नेछ
सम्पूर्ण संसारलाई
सारा देशका जनतालाई आफ्नोतर्फ एकाकार पार्नेछ ।
हतियार उठाऊ, साथीहरू सुखका दिन करिब छन् ।
हिम्मतसित छाती फुलाऊ । अघि बढ हामफाल लडाइँमा ।
आफ्नो मनलाई जगाऊ, कायरतालाई मनबाट भगाऊ
अरे, ओ बहादुरहरू चलाऊ गोली केटाकेटी र महिलाहरूमाथि !
जहाँसम्म हुन्छ हत्या गर आफ्नाहरूकै
ता कि तिम्रा धर्मपिता खुसी हुन सकून् !
र तिम्रा आफ्नै बाबा गोली खाएर ढले भने
त्यसलाई डुब्न देऊ आफ्नो रगतमा, हातका कोरबाट झरिरहेको रगतमा !
जारको रक्सी पिएर सैतान बनेर
बिनाद्विविधा मार आफ्नै आमालाई तिमी ।
के तिमीलाई डर लागिरहेछ ?
तिम्राअगाडिका मान्छेहरू ती जापानी होइनन् ।
ती तिम्रा विशुद्ध आफन्त हुन्
र ती बिल्कुल निहत्था छन् ।
ए जारका सेवकहरू, तिमीलाई हुकुम दिइएको छ
तिमी कुरा नगर, फाँसी देऊ !
घाँटी रेट ! गोली चलाऊ ! घोडाको खुरले कुल्च ।
तिम्रा कर्तुतलाई पुरस्कार, पदक र सम्मान मिल्नेछ
तर युगयुगदेखिको तिमीहरूमाथि आक्रोश पोखिनेछ
ए जुडासका गिरोहहरू !
अरे ओ जनता, तिमीहरू आफ्नो अन्तिम सर्ट खोल
छिटोछिटो ! खोल !
आफ्नो बचेखुचेको पैसा खर्च गरी रक्सी पिए
जारको सानका लागि माटोमा पुरिएर मर !
पहिलेजस्तै भारी बोक्ने पशु बन !
सधैँँका गुलामहरू, रुमालको कुनाले आँसु पुछ
र धर्तीमा टाउको ठोक !
विश्वसनीय सुखी
मृत्युपर्यन्त जारलाई ज्यानभन्दा प्यारा छन् जनता
सबै सहँदै जाऊ, सबै कुरा मान्दै जाऊ पहिलेजस्तै
गोली ! चाबुक ! चोट देऊ !
हे ‘भगवान्’, जनतालाई बचाऊ
शक्तिशाली, महान् जनतालाई !
शासन गरून् हाम्रा जनता, डरले लतक्कै गलून् जारका मान्छे !
त्यसका घिनलाग्दा गुलामहरू आज उत्सव मनाइरहेछन्
आफ्ना घिनलाग्दा गिरोहको
साथ पाएर हाम्रो जार पागल छ
आफ्नै रगतले रङ्गिएका हात अझै तिनले धोएका छैनन् !
हे ‘ईश्वर’ जनतालाई बचाऊ !
असीमित अत्याचार !
पुलिसको चाबुक !
अदालतमा अचानक सजाय
मेसिनगनका गोलीहरूको फोहोराजस्तै !
यातना र गोली बर्साउनु
फाँसीका तख्ताहरूको भयावह जङ्गल
तिमीहरूलाई विद्रोहको सजाय दिनका लागि !
जेलखाना भरिएका छन्
निर्वासित मान्छे अन्त्यहीन आर्तनादले कराइरहेका छन्
रातलाई चिरिरहेछ गोलीको फोहोरा ।
खाँदाखाँदा गिद्दहरूलाई अरुचि भएको छ ।
वेदना र शोक मुलुकभरि फैलिएको छ ।
दुःखमा नडुबेको कुनै यस्तो परिवार छैन ।
आफ्ना जल्लादहरूलाई लिएर
ओ ! तानाशाह, मनाऊ आफ्नो खूनी उत्सव
ओ ! रक्तपिपासुहरू, आफ्ना लागि कुकुर प्रयोग गरी
जनताको मासु लुछेर खाऊ !
ए तानाशाह, आगो बर्साऊ ।
हाम्रो रगत पिए, राक्षस !
ए मुक्ति, तिमी जाग !
रातो निशान तिमी उड !
अनि तिमी आफ्नो बदला लेऊ, सजाय देऊ,
अन्तिमपटक हामीलाई सताऊ !
सजाय पाउने घडी करिब छ ।
फैसला आउँदैछ, याद राख !
मुक्तिका लागि
हामी मृत्युको मुखमा जानेछौँ, मृत्युको मुखमा
हामी हासिल गर्नेछौँ सत्ता र मुक्ति
संसार जनताको हुनेछ !
गैर–बराबरीको लडाइँमा असङ्ख्य मान्छे मारिनेछन् !
फेरि पनि हिँडौँ, हामी अघि बढौँ
ठूलो अभिलाषासहित मुक्तितर्फ !
अरे मजदुर साथी ! अघि बढ !
तिम्रो फौज लडाइँमा जाँदैछ
स्वतन्त्र आँखाहरू आगो ओकलिरहेछन्
आकाश थर्काउँदै बजाऊ श्रमको मृत्युञ्जयी घन्टी !
प्रहार गर हथौडा ! निरन्तर प्रहार गर !
अन्न ! अन्न ! अन्न !
अघि बढ्दै जाऊ किसानहरू, अघि बढ्दै जाऊ
जमिनबिना तिमीहरू जिउन सक्दैनौँ
मालिकहरू के अझै पनि तिमीहरूको शोषण गरिरहन्छन् ?
के अझै पनि अनन्तकालसम्म तिनले तिमीहरूलाई पेलिरहन्छन् ?
युवा विद्यार्थी साथीहरू अघि बढ ।
तिमीमध्ये कैयौँ साथीहरू युद्धमा मारिन सक्छौँ
रातो दोसल्लाले छोपेर राखिनेछ
मारिएका साथीहरूका चिहान ।
पशुहरूको शासनको जुवा
हाम्रा लागि कष्ट हुन्
जाऊँ मुसाहरूलाई तिनका बिरालाद्वारा लखेटौँ
लडाइँमा जाऔैैँ, ए सर्वहारा !
नास होस् यस्तो दुःखदर्दको !
नास होस् जार र उसको सत्ताको !
ताराहरूले सजिएको मुक्तिको बिहान
ऊः हेर त्यसको चमक झिलमिलाइरहेछ ।
सुख–शान्ति र सच्चाइको किरण
जनताको दृष्टिमा फैलिरहेछ ।
मुक्तिको सूर्य बादल चिरेर
हामीलाई उज्यालो दिनेछ !
पहिलो घन्टीको जोशिलो आवाजले
मुक्तिको आह्वान गर्नेछ
र जारका गुण्डाहरूलाई धम्क्याउँदै भन्नेछ
‘हात तल गर र भाग तिमीहरू’
हामी जेल तोड्नेछौँ ।
जायज आक्रोश गर्जिरहेछ !
बन्धन–मुक्तिको झन्डा
हाम्रा योद्धाहरूले फहराइरहेछन् ।
सताउनु, उफार्नु
चाबुक, फाँसीको तख्ताको नास होस् !
मुक्त मान्छेहरूको लडाइँ, तिमी तुफानजस्तै पागल बन !
फटाहाहरू नष्ट हुनेछौ !
आऊ जरैदेखि उखेलौँ
तानाशाहको ताकतलाई !
मुक्तिका लागि मृत्यु सम्मानयोग्य छ,
जन्जिरमा बाँधिएको जीवन लाजमर्दो हो ।
आऊ गुलामीलाई खत्तम पारौँ
खत्तम पारौँ गुलामीको लाजलाई
हे मुक्ति
तिमी हामीलाई संसार र स्वतन्त्रता देऊ !!
स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख १७ गते अपरान्ह २ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :