पार्टीले निस्कासित गरेका कार्यकर्ता माकेमा प्रवेश गरेका हुन् : नेकपा

 
 
 
 
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज जगतले आइतवार सिन्धुपलाञ्चोक जिल्लाबाट नेकपाका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जगतले माओवादी केन्द्रमा प्रवेश गरेका चिरन तामाङ, धनबहादुर खनाल, लोकमान तामाङ र मोदनाथ भन्डारी विगतमा आफ्नो पार्टीका कार्यकर्ता रहेको तर उनीहरुलाई पहिले नै पार्टीले कारवाही गरी निस्कासन गरिसकेको स्पष्ट पारेका छन् । साथै जगतले आर्थिक हिनामिना र पार्टी अनुशासनहिन काम गरेको कारण २०७२ सालमा नै कारबही गरी पार्टीबाट निस्कासन गरिसकेको जानकारी दिदै माओवादी केन्द्रमा प्रवेश गर्ने बेलासम्म उनीहरु कोही पनि  नेकपामा आबद्ध नभएको प्रष्ट पारेका छन् । पूर्वी तामसालिङ ब्युरो इन्चार्ज जगतको विज्ञप्तिको पूर्ण पाठ–
 
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सिन्धुपलान्चोक जिल्ला समितिबाट गत साल आर्थिक हिनामिना गरेको कारण पार्टीले कारबाही गरि निस्काशित कमल माझी, गत वर्षको चुनाव  खारेजी कार्यक्रममा  आर्थिक हिनामिना गरी पार्टीको सम्पर्क विहीन भएले निस्कासनमा परेका चिरन तामाङ, लामो समयदेखि निस्क्रिय रही चुनाव खारेजी कार्यक्रमबाट सम्पर्क विहीन रहेकोले कारवाहीमा परेका धनवहादुर खनाल, लोकमान तामाङ, मोदनाथ भण्डारी, क्रान्तिकारी विचार राजनीतिबाट पलायन भएकाहरुले हाम्रो पार्टीको नाम जोडि माओवादी केन्द्रमा गएको भन्ने प्रचार बाजीप्रती हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षन भएको छ । यस्ता हर्कतप्रति खेद र भत्र्सना प्रकट गर्दै यस्ता खालका हर्कत र कपोलकल्पीत झुटा भ्रम नछर्न गम्भिर चेतावनी दिन चाहन्छौं । क्रान्तिकारी विचार र राजनीतिबाट पलायन भएका, पार्टीले निस्कासन गरेका अवसरवादी कुडाकर्कटहरुले छरेको भ्रममा कोही पनि नपर्ने कुरा जानकारी गराउदछौं । 
२०७५ वैशाख १६ गते आइतबार अपरान्ह ३ : २० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :