अखिल पाचौंका अध्यक्ष मिश्र पक्राउ


काठमाडौं : प्रहरीले अखिल पाचौंका केन्द्रीय अध्यक्ष धनश्याम मिश्रलाई पक्राउ गरेको छ । मिश्रसँगै अन्य विद्यार्थी नेताहरु गोविन्द विष्ट र प्रकाश विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार ललितपुरमा रहेको प्रिमियर स्कुलबाट पक्राउ गरिएको हो । नीजि विद्यालयहरुले अत्याधिकरुपमा शुल्क बृद्धि गरेपछि विद्यार्थी संगठनहरुले संयुक्त विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । अहिले निजी विद्यालयहरुले विभिन्न बहानामा विद्यार्थीहरुबाट चर्को शुल्क बृद्धि गरेपछि नेकपा निकट अखिल(क्रान्तिकारी) लगायत विभिन्न विद्यार्थी संगठनहरुले संयुक्तरुपमा चरणबद्ध संघर्षका कार्यक्रमहरु अघि बढाईरहेको छन् ।
२०७५ बैशाख १६ गते आइतबार ५ :  ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :