राजनीतिमा भएको सिण्डीकेट पत्रकारितामा देखिनु निषेधको नीति हो : नेता बुढा मगर, नेकपा

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले राजनीतिमा भएको सिण्डीकेट पत्रकारितामा देखिनु निषेधको नीति भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारिता वर्गीय पक्षधरतामा आधारित हुने भएकाले हतियार आफ्नो बनाउनका लागि पत्रकारितामा पनि सिण्डीकेट लाद्न खोजिएको बताए । वर्ग विभाजित समाजमा पत्रकारिता पनि वर्गीय हुने भएकाले स्वतन्त्रता भनिए पनि कुनै कुनै रुपमा कलम घुमिरहन्छ भन्दै उनले समाजलाई अग्रगामी दिशामा लैजाने काममा पत्रकारहरुलाई मोर्चा बनाउन आग्रह गरे । दलाल पँुजीवादीहरुले आफ्नो सत्ता जोगाउने नाममा, लुटको स्वर्ग बचाउने कार्यमा विज्ञान प्रविधिलाई गलत प्रयोग गरिरहेको उनको भनाई छ । नामधारी कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै बेपत्ता बनाउने इतिहासमा पहिलो उल्लेख्य काम गरेर बदनाम गरिरहेको भन्दै नेता बुढामगरले विप्लव नेतृत्वको पार्टीलाई दमन गर्न विदेशीले वाम गठबन्धन बनाएको दाबी गरे ।

यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले आफूहरुको लडाई स्वतन्त्रताको लडाई भएका बताए । उहाँले आम नागरिकलाई बलियो बनाउन मिडियाको भूमिका हुनु पर्नेमा आजका मिडिया जनतालाई दास बनाइरहेको उनको भनाई छ । सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश बिष्टले महासंघ र मोर्चाबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्रोही माओवादी नेता विश्व भक्त दुलाल आहुती, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणी सुबेदी, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, पत्रकार बिनोद ढंगेल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र रावत लगायतको उपस्थिति रहेको थियो  ।  त्यस्तै साे संगठनले  नेपालकाे सामाजिक रूपान्तरण तथा जनपक्षीय पत्रकारिताकाे विकासमा अाफ्नाे  लेखन तथा सिर्जनात्मक कार्यमार्फत महत्वपूर्ण याेगदान पुर्याएका राताे खबर प्रकाशन गृह प्रालिका निर्देशक गुणराज लाेहनी र झपेन्द्रराज वैद्य र झपेन्द्रराज वैद्य र दिपेन्द्र रावललगायतलार्इ सम्मान पनि गरेका थिए ।

२०७५ वैशाख १६ गते अपरान्ह २ ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :