क्रान्तिकारी पत्रकार संगठनको तेस्रो राष्ट्रिय सम्मेलन सुरु

 

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । सो संगठनको तेस्रो राष्ट्रिय सम्मेलन शनिबार दिउँसो १२ बजे राष्ट्रिय सभागृहमा उद्घाटन हुने सो संगठनको केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जानकारी दिएका छन् । अध्यक्ष चलाउनेका अनुसार सम्मेलनमा सहभागी हुन देशभरबाट करिब ३ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु काठमाडौं पुगिसकेका छन् । सम्मेलनको बन्दसत्र भने आइतबारबाट सुरु हुने भएको बताइएको छ ।
२०७५ वैशाख १५ गते मध्यान्न १२ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :