महासचिव उपाध्याय गिरफ्तारीमा अध्यक्ष चन्दको आपत्ति

काठमाडौं  : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका महासचिव, महिला नेतृ तथा पूर्व सभासद् धीरेन्द्रा उपाध्यायलाई बिहीबार गिरफ्तार गरी बेपत्ता बनाएको घटनाप्रति सो संगठनले गम्भीर आपत्ति जनाएको छ । शुक्रबार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले प्रेस वक्तव्य जारी गर्दै वामपन्थी भनिने सरकारले क्रान्तिकारी योद्धा र जनतामाथि व्यापक दमन, गिरफ्तार गर्ने, जेल हाल्ने काम गरेको भन्दै हजारौंको बलिदान र लाखौंका त्याग, समपर्णबाट प्राप्त भएको गणतन्त्रको धज्जीसमेत उडाएको बताएकी छन् । अध्यक्ष चन्दले यो “सरकार कसको आडमा र कसका लागि काम गरिरहेको छ भन्ने कुरा समेत छर्लङ्ग भएको” बताएकी छन् । साथै, बेपत्ता पारिएकी नेतृ उपाध्यायलगायत देश भरिका सबै नेता÷कार्यकर्तालाई तुरुन्त सार्वजनिक गर्दै रिहाइको जोडदार माग पनि गरेकी छन् । अन्यथा देशव्यापी रुपमा संघर्ष गर्न बाध्य हुने उनको वक्तव्यमार्फत चेतावनी दिएको छ ।


२०७५ वैशाख १४ गते शुक्रबार अपरान्ह ३ ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :