लेनिनका विलक्षण चारित्रिक गुणहरू (लेनिन कस्ता थिए ?)

एक महान् विभूति

भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रूपले अंकित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा, अर्थात् श्रमिक जनगणको मुक्ति र सुखका लागि समर्पण गरे । उनको जीवनयात्रामा महान् रुसी कवि लर्मोन्तोवको एउटा कविताका निम्न पंक्तिहरूमा व्यक्त कथन साँचो र पूरा रूपमा चरितार्थ भएकाे छ  :
“एउटै मात्र विचार उसको पथप्रदर्शक बन्यो,
एउटै उत्कण्ठाको ज्वालाले अभिप्रेरित ग¥यो।”
(“लेनिन ः एक जीवनी,” अंग्रेजी संस्करण, पृष्ठ १० बाट उद्धृत)
लेनिनको सैद्धान्तिक तथा व्यावहारिक क्रियाकलापहरूमा निर्देशक रहेको विचार माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित महान् सिद्धान्त थियो र त्यसमा उनलाई अभिप्रेरित गर्ने एउटै भावना श्रमिक मानवजातिको सेवा गर्ने भावना थियो ।

क्रान्तिका महान् नेता तथा गुरुका रूपमा लेनिनबारे फ्रान्सका नामी लेखक रोम्याँरो लैन्डले निम्न विचार व्यक्त गरेका छन् :
“नेपोलियन उपरान्त युरोपेली इतिहासले यस्तो दृढ संकल्प– शक्ति देखेको थिएन, आफ्नो पुरानो वीरतापूर्ण बेला उपरान्त युरोपेली धर्मले यस्तो अदम्य आस्थासहितको विचार–प्रचारक ९बउयकतभि० देखेको थिएन । तर सबभन्दा महत्वपूर्ण कुरा के भने मानवीय क्रियाकलापले पहिले कहिल्यै पनि यस्तो नेता र गुरु अगाडि ल्याएको थिएन जो आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थको वास्ता राख्दैनथे । उनको उच्चस्तरको बौद्धिक छवि उनको जीवनकालमा समेत मानिसहरूको दिलमा अङ्कित रह्यो, यो युगौँसम्म निश्चित रूपले अपरिवर्तनीय रहन्छ । (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ १४०)

मानव इतिहासमा वास्तवमा लेनिन यस्तो पवित्र र उच्च नाउँ हो, जुन करोडौँकरोड श्रमिक जनताको दिलमा ससम्मान र सश्रद्धा अंकित रहेको छ । तर अर्कोतर्फ, पुँजीपतिवर्ग जनताका शत्रुहरूले उनलाई बदनाम गर्न कुनै कसर बाँकी राखेका थिएनन् । उनकै समयमा उनलाई बडो क्रूर व्यक्तिका रूपमा प्रस्तुत गर्ने उद्देश्यले भयानक प्रचार गरिएको थियो । यसबारे अमेरिकी पत्रकार अल्बर्ट विलियमले लेखेका थिए ः

लेनिनलाई “के थाहा थियो भने भोक, आक्रमण र प्रतिक्रियावादको तर्फबाट खतरा रहेको क्रान्तिलाई सशक्त कठोर कारबाहीले मात्र जोगाउन सक्छ । त्यसैले बोल्सेविकहरूले बिनादयामाया वा बिनाहिचकिचाहट आफ्ना उपायहरूलाई अघि बढाए जब कि तिनका शत्रुहरूले तिनीहरूमाथि हमला गर्न आक्षेपहरूको शास्त्रागारमा विशेषणको खोजखाज गरे । पुँजीपतिवर्गको दृष्टिमा, लेनिन जोरजबर्जस्ती गर्ने निर्दयी व्यक्ति रहे । त्यस अवधिमा तिनीहरूले उनलाई प्रधानमन्त्रीका रूपमा होइन, बरु ‘अत्याचारी लेनिन’, ‘तानाशाह लेनिन’ का रूपमा सङ्केत गर्दथे । दक्षिणपन्थी समाजवादीहरूले के भने भने पुरानोरोमानोव जारका ठाउँमा नयाँ जार, निकोलस लेनिन आएका छन् र खिसी गर्दै उनीहरू कराए, ‘हाम्रो नयाँ जार निकोलस तेस्रो जिन्दावाद !’ (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ ६५)

शोषक–शासकहरू र सबैखालका प्रतिक्रियावादीहरूले जनताका नेताहरूका विरुद्ध प्रचार गर्नु कुनै नौलो र अस्वाभाविक कुरा होइन । जननेता र अग्रगमनका पक्षधर नेताहरूको बदनाम गर्न तिनीहरूले विभिन्न तरिका र उपायहरू प्रयोग गर्ने गरेका छन् । त्यसबेला लेनिनको बदनाम गर्न साम्राज्यवादी र अन्य प्रतिक्रियावादीहरूले कुनै उपाय प्रयोग गर्न छाडेनन् । यहाँसम्म कि १९१७ को फरवरी क्रान्तिपछि लेनिन फिनल्यान्डमा भूमिगत रहँदा, पुँजीवादी प्रचार माध्यमहरूले लेनिन स्विट्जरल्यान्डमा कुनै नामी होटेलमा केटीसँग मज्जाका लागि बसिरहेछन् भनेर व्यापक प्रचार गरेका थिए । सो प्रचार सरासर निन्दा र बदख्वाइँ थियो। जनमुक्ति सङ्घर्षमा देखापरेका कुनै पनि त्यस्ता नेताहरू छैनन् होला, जसमाथि ती तत्वहरूले हिलो छ्यापेका छैनन् र जसको निन्दा र बदख्वाइँ गरेका छैनन् ।

कुनै ठूलो व्यक्तिलाई बदनाम गर्ने मानिसहरूमा रहेको अर्को एउटा प्रवृत्तिको उल्लेख मेक्सिम गोर्कीले गरेका छन् । उनी भन्छन्ः
“यसबाहेक, सामान्यतः मानिसहरूमा कुनै सामान्य व्यक्तिलाई आफ्नै बुझाइको स्तरमा तल खसाल्ने मात्र होइन, बरु उसलाई आफ्नै खुट्टा ढोगाउन भुइँमा झुकाउन, आफू स्वयम्ले सिर्जेको र ‘सामान्य जीवन’ भनी नामकरण गरेको च्यापच्यापे, फोहोर हिलोमा तानेर ल्याउन कोसिस गर्ने अदृश्य प्रवृत्ति रहेको छ ।”
अगाडि उनी भन्छन् : “विरलाकोटी ९चबचभ० सौन्दर्यका वस्तुहरू बिगार्ने इष्र्यापूर्ण प्रेरणा त्यही स्रोतबाट उत्पन्न हुन्छ, जुन स्रोतबाट विलक्षण गुण भएका व्यक्तिलाई हरहालतमा बदनाम गर्ने इष्र्यालु इच्छा उत्पन्न भएको हुन्छ । कुनै विरलाकोटी र असाधारण कुरा एउटा झमेला रहन्छ किनकि त्यसले अभ्यस्त नित्य क्रमलाई बिगार्छ मानिसहरूलाई तिनले चाहेको ढङ्गबाट रहन दिँदैन । तिनीहरूले बढी चाहेको कुरा – यदि तिनीहरूले बढी चाहने गरेको कुनै कुरा छ भने– त्यो अवश्य पनि तिनीहरूको सामाजिक बानीबेहोरामा आमूल परिवर्तन होइन, बरु सो बानीबेहोराको विस्तार मात्र हो।” (ऐ. ऐ. पृष्ठ ३३–३४)

वस्तुगत सामाजिक यथार्थ र इतिहासले आफ्नो विकास– प्रक्रियामा सदा अफूलाई आवश्यक पर्ने महान् व्यक्तित्वहरू, सिद्धान्तविद् तथा राजनीतिक नेताहरूलाई सामाजिक जीवनको बीचबाट खोजेर निकाल्छ । सामान्य नियम के छ भने महान् क्रान्तिहरूले महापुरुषहरू, महान् नेताहरू पैदा गर्छन् । त्यसलाई हेरेर कसैकसैले कस्तो धारणा बनाएका छन् भने महापुरुषहरू इतिहासका निर्माता हुन्, ठूलाठूला युगान्तकारी घटनाहरूका स्रष्टाहरू ठूला नेताहरू हुन् । तर यो बिलकुल गलत धारणा हो किनभने वास्तवमा क्रान्तिहरूका, ठूलाठूला परिवर्तनहरूका प्रेरक शक्ति आमजनता हुन् । कुनै पनि क्रान्तिको भाग्यको निर्धारण जनताद्वारा हुन्छ र त्यसको भाग्य आम जनताको तागत, सङ्घर्ष, अनुशासन र समर्पणमा निर्भर गर्दछ । त्यसो भए पनि, कुन कुरा साँचो हो भने कुनै महान् जनअन्दोलनले महान् क्रान्तिकारी परिवर्तनले आफूलाई कुनै खास व्यक्तिमा केन्द्रित गर्न सक्छ, कुनै ऐतिहासिक युग एक महान् व्यक्तित्वमार्फत अभिव्यक्त हुन सक्छ र इतिहासमा सामान्यतः यस्तो भएका पनि छन् । लेनिन एकजना त्यस्तै महान् व्यक्तित्व हुन् जसमा महान् अक्टोबर सामाजवादी क्रान्ति र त्यसले सूत्रपात गरेको पुँजीवादबाट समाजवादमा सङ्क्रमणको ऐतिहासिक युगले आफूलाई अभिव्यक्त गरेका छन् । लेनिनसम्बन्धी आफ्नो संस्मरण–लेखमा अमेरिकी पत्रकार अल्बर्ट विलियमले निम्न विचार व्यक्त गरेका छन् ः

“रुसी क्रान्तिको भाग्य आम जनता स्वयम्मा– तिनीहरूको अनुशासन र समर्पणमा रहन्छ । साँचो भन्ने हो भने, तिनीहरूका लागि भाग्य निकै दयावान् रहेको छ । सर्वसाधारण जनताका लागि त्यसले पथप्रदर्शक तथा व्याख्याताका रूपमा, ठूलो बौद्धिक शक्ति र फलामे सङ्कल्पसहितको एउटा मानिस, विशाल ज्ञान र निडर कारबाहीको एउटा मानिस, उच्चतम आदर्शवाद र अत्यधिक दृढ व्यावहारिक चातुर्यको एउटा मानिस प्रदान गरेको छ ।” (ऐ. ऐ. पृष्ठ ८१)

लेनिन महान् प्रतिभाशाली व्यक्तित्व थिए तर त्यसो भए पनि उनी महान् क्रान्तिकारी आन्दोलनका स्वाभाविक उपज थिए, महान् क्रान्तिका मूर्तरूप थिए । फ्रान्सेली लेखक तथा समालोचक जोन– रिचार्ड ब्लोकले यसबारे सारगर्भित विचार व्यक्त गरेका छन् । उनको भनाइ यसप्रकारको छ :
‘एउटा यस्तो भेटघाट भयो जुन हजार वर्षमा एकपटक मात्र हुन सक्छ – महानतम् बौद्धिक शक्ति र त्यस्ता जनताको बीचमा भएको भेट जसको भावना सो बौद्धिक शक्तिमा मूर्तमान भएको थियो । जनताका आशााहरू, जनताको तागत र रुसका सारा अन्तर्निहित शक्तिहरू सो बौद्धिक शक्तिमा मूर्तमान हुँदै अन्त्यमा गएर ती दुई एक भए । एउटा राष्ट्रको प्रतिभासित एकजना व्यक्तिको

प्रतिभाको यस जैविक ९यचनबलष्अ० मिलनले केही कुराको उपस्थितिको अपेक्षा गर्छ – महान् प्रेम, असीम आस्था, असीमित मनस्विता ९ःबनलबचष्mष्तथ०, आत्मबलिदान र आत्मत्यागको महामानवीय क्षमता । कस्तो महान् प्रेम ? आफूलाई हुर्काएका जनताप्रतिको प्रेम । कस्तो आस्था ? सो जनताको तागतमा आस्था । लेनिनमा ती सबै कुरा थिए । उनको आलोचनात्मक मानसिक शक्तिले– एक शुद्ध तीक्ष्ण हीराले– उक्त गुणहरूलाई कुनै पनि किसिमको साधारणीकरणबाट सुरक्षित राख्यो । उनको अदम्य भौतिक तथा बौद्धिक तागत उनको मनको विशाल तथा ज्यादै बहुपक्षीय तागतको अधीनस्थ रहेको थियो । (ऐ. ऐ. पृष्ठ २६१)

लेनिनको व्यक्तित्वमा रहेको एउटा प्रमुख विशेषता के थियो भने उनी महान् सिद्धान्तकारका साथै महान् राजतीतिज्ञ पनि थिए । सिद्धान्तविद् र राजनीतिज्ञ दुवै उनको व्यक्तित्वमा अभिन्न रूपमा र बडो उत्कृष्ट किसिमले गाँसिएका थिए र ती दुवैको जब्बर मेल उनको क्रान्तिकारी गतिविधिको एउटा अति महत्वपूर्ण विशेषता थियो । व्यावहारिक क्षेत्रमा दर्शन र राजनीतिक सङ्घर्षको मेलका रूपमा उक्त मेलको अभिव्यक्ति भएको थियो । साँचो भन्ने हो भने, लेनिन सिद्धान्त र व्यवहारको भव्य मेलको उत्कृष्ट प्रतिमूर्ति थिए । यस कुरालाई चिलेका महान् कवि पाब्लो नेरुदाले “लेनिनमा समर्पित पङ्क्ति” ९ूीष्लभक तय ीभलष्लू० शीर्षकको आफ्नो कवितामा यसरी प्रस्तुत गरेका छन्ः
“यस्ता मानिसहरू थिए जो मात्र थिए अनुसन्धाता प्रत्येकजना किताबजस्तै, गम्भीर, ज्ञानका लागि पूर्ण उत्साहित ।
अरुहरूमा प्रमुख गुण भनेको कारबाही थियो
तर लेनिनसित ती दुवै प्रतिभा थिए –
कारबाही र ज्ञान ।”

(ऐ. ऐ. पृष्ठ २९५ बाट उद्धृत)
सिद्धान्तकार र राजनीतिज्ञको मेलका रूपमा लेनिनको व्यक्तित्वमा अन्तर्निहित, यसो हेर्दा अन्तर्विरोधीजस्तो देखिने, दुईटा चारित्रिक गुणलाई मेरित्ता सागिन्यानले “बृटिस म्युजियमको पुस्तकालयमा” शीर्षक लेनिनसम्बन्धी आफ्नो संस्मरण लेखमा दुईजना व्यक्तिबाट सुनेको बयानबाट दर्साएका छन् । तीमध्ये एकजना थिए निकोलाई अलेक्सेयेव, जसले लेनिन लन्डनमा आएका बेलाको एउटा कुरा यसरी बताए ः “आइपुग्नासाथ भ्लादिमिर लेनिनले कुन कुरा बुझाए भने इस्क्राका अरू मानिसहरू सामूहिक रूपमा बस्नेछन् तर उनी सामूहिक ढङ्गबाट बस्न बिलकुल असमर्थ छन् र उनी सारा समय मानिसहरूसित रहन चाहँदैनन् । रुसबाट र अन्य मुलुकबाट आउने कमरेडहरूले उनको समयको कुनै ख्याल नगरीकन रुसी पाराले आफूलाई पिरोल्ने पहिले नै थाहा पाएर उनले निकै तारन्तार गरिने भेटघाटबाट आफूलाई जोगाउन आग्रह गरे।” ठीक त्यहीताका केहीअघि लेनिन बु्रसेल्समा हुँदा आफू उनलाई भेट्न जाँदाको बेलाको कुरा यस. मेस्चेयोकोबले यसरी बताए ः “मैले भ्लादिमिर इलिचलाई सहर, मजदुर पार्टीको संगठन, सुविख्यात स्थानीय सहकारी आदि देखाउन लिएर गएँ । सहकारीबाट निस्कँदा अकस्मात् हामी मजदुरहरूको भीडमा प¥यौँ । सो भीड देखेर लेनिन निकै उत्साहित भए र उनले उक्त प्रदर्शनमा सामेल हुने उत्सुकता देखाए । उनलाई रोक्न मैले समातेर राख्नुपरेको थियो।” ती दुई घटनाबाट लेनिनको व्यक्तित्वमा रहेका दुईटा गुण व्यक्त भएका थिए ः सैद्धान्तिक चिन्तनको लागि चाहिने एकाग्रता, एकान्तवास र जनतासित घुलमिल हुने अभिप्रेरणा । यसबारे लेखिका भन्छिन् ः “ती दुईटा कुरा अन्तर्विरोधीजस्तो देखिए पनि त्यसले वास्तवमा चरित्रका एकदमै मिल्दा तत्वहरूलाई खुलस्त पार्छः एकाग्र चित्त हुने, आफू एक्लै बस्ने आवश्यकता र जनताको बीचमा रहने उत्कट प्रेरणा ।” ( ऐ. ऐ. पृष्ठ ३८५–६)

यसरी लेनिनको व्यक्तित्वमा एक कुशल राजनीतिज्ञ र एक महान् सिर्जनशील विचारकको अनुपम मेल व्यक्तिएको थियो । उनी सारा समय सिर्जनात्मक सिद्धान्तविद् र क्रान्तिकारी–व्यावहारिककर्मी दुवै थिए । उनका सारा गतिविधिहरू माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित क्रान्तिकारी सिद्धान्तलाई तत्कालीन सर्वहारावर्गीय आन्दोलनसित सिर्जनात्मक र क्रियात्मक ढङ्गबाट गाँस्ने र उक्त सिद्धान्तद्वारा वर्तमान युगको श्रमिक जनमुक्ति आन्दोलनलाई अतिसिक्त पार्ने प्रयत्नमा केन्द्रित र समर्पित रहेका थिए ।

हङ्गेरियाली लेखक पिटर वोरोसले लेनिनमा दुईटा गुणको मेल– प्राकृतिक प्रतिभा र ऐतिहासिक तत्वहरूको लेखाजोखा गर्ने क्षमताको मेल– रहेको बताएका छन् । त्यस सम्बन्धमा उनले निम्न विचार व्यक्त गरेका छन् ः
“वैयक्तिकता र विश्व–दृष्टि, सारा परिघटनाहरूप्रति छिटो र ठीक प्रतिक्रियासित गाँसिएको सतर्कता, मित्र र शत्रुबीच भेद पत्ता लगाउने सीप, सफलताको पछि नलागी सो प्राप्त हुने विश्वासका साथ कुनै पनि समय वा परिस्थितिमा सही अडान लिने, निर्णय गर्दा दृढता दर्साउने क्षमता… प्रतिभाका, नेतृत्व गर्न जन्मेका व्यक्तिका विशेषता यिनै हुन् ।” ( ऐ. ऐ. पृष्ठ ३७९)

लेनिनको चरित्रमा त्यस्ता केकस्ता गुणहरू थिए, जसले गर्दा उनी महान् गुरु र क्रान्तिकारी नेता बनेका थिए ? यो एक निकै महत्वपूर्ण सवाल हो । यससम्बन्धमा मेरित्ता सागिन्यानले “लेनिनको पाइला पछ्याउँदै” शीर्षकको आफ्नो लेखमा आफूले धेरैजसो लेनिनसम्बन्धी संस्मरणका पुस्तकहरू पढ्ने गर्नाको कारणबारे चर्चा गर्दै लेखेकी छिन् ः
“मैले ती लेखकहरूमा कस्ता गुणहरूले लेनिनलाई अन्तर्राष्ट्रिय मजदुरवर्गीय आन्दोलनका नेता बनाएका थिए, कुन चारित्रिक गुणहरूले गर्दा उनलाई मानवजातिको स्नेह मिलेको थियो र कस्ता चारित्रिक विशेषताहरूलाई मैले आफूमा विकसित गर्नुपर्छ भन्ने कुरा पत्ता लाउन इच्छा गरेकी थिएँ । समग्रमा उनका दृढ आस्था र विश्वासहरूबाट छुट्टै कुन कुराले उनलाई साधारण मानिसबाट एकजना विशिष्ट कम्युनिस्ट बनायो भन्ने कुरा मैले बुझ्न चाहेकी थिएँ ।

“चरित्रको खुलासा गर्ने दसी भनेको आचरण ९दभजबखष्यगच० हो । आचरण भनेको त्यस्ता चारित्रिक गुणहरूको कुल जोड हो जसमा अज्ञ्हरूलाई प्रभावित गर्ने, विश्वास, सम्मान र अनुसरण गर्ने इच्छालाई अभिप्रेरित गर्ने शक्ति रहन्छ, यो आग्रह बुद्धिप्रति मात्र होइन, बरु अधिक गहन छ र एकप्रकारले अरू व्यक्तिको आकाङ्क्षासित गाँसिएको छ ।” (मेरित्ता सागिन्याना, “लेनिनको पाइला पछ्याउँदै”, अंग्रेजी संस्करण, पृष्ठ १६८ । यो रचना एउटा सङ्ग्रहमा समाविष्ट छ, जसमा अन्य दुई रचना मेरिया प्रिलेजायेवाको “एक उल्लेखनीय वर्ष” र इमानुयल काजाकेविकको “निलो पुस्तक” पनि रहेका छन् यहाँ दिएको पृष्ठ सोही सङ्ग्रहको पृष्ठ हो ।)
यहाँ तिनै महान् व्यक्तित्वको चरित्रका विशेषताहरूलाई खुलस्त पार्ने उद्देश्य लिइएको छ । यसका लागि उनका बारेमा लेखिएका एकाध लेखहरू, खासरूपले “लेनिनको चरित्र–चित्रण” ९ूीभलष्ल ष्ल एचयाष्भिू० नामक पुस्तक जसमा लेखहरू सङ्गृहीत छन्, त्यसलाई आधार बनाइएको छ । यस लेखमा उपरोक्त लेखहरूबाट उनको चरित्रमा प्रकाश पार्ने भनाइहरू उद्धृत गरिएका छन् जसले गर्दा महान् विचारक, राजनीतिज्ञ र मानिसका रूपमा लेनिन वास्तवमा कस्ता थिए भन्ने कुरा खुलस्त हुन जानेछ ।

सिद्धान्तप्रति दृढ अडान र निष्ठा
सिद्धान्तकारका रूपमा, दार्शनिकका रूपमा लेनिनको चरित्रमा अन्तर्निहित एउटा महत्वपूर्ण गुण चिन्तनमा सुसङ्गतिपन, सिद्धान्तप्रतिको दृढ अडान र इमानदारी थियो । सिद्धान्तमा आधारित नीति नै एक मात्र सही नीति रहन्छ भन्ने उनको दृढ मत थियो र उनी यस प्रस्थापनाप्रति हरहमेसा दृढ रहे । “लेनिन” शीर्षकको आफ्नो लेखमा स्टालिनले एकाध दृष्टान्त दिएर लेनिनको यस चारित्रिक विशेषतालाई निम्न रूपमा दर्साएका छन् :

“पार्टी नेतृत्वहरूले बहुमतको रायलाई आदर नगरिरहन सक्दैनन् । बहुमत यस्तो शक्ति हो जसलाई नेताले महत्व नदिइरहन सक्दैन । लेनिन यस कुरालाई कुनै नेताले भन्दा कम बुझ्नुहुन्न । तर लेनिन कहिल्यै पनि, खासगरी बहुमतको कुनै सैद्धान्तिक आधार नहुँदा बहुमतको बन्दी बन्नुभएन । हाम्रो पार्टीको इतिहासमा यस्ता बेलाहरू पनि रहेका छन् जब बहुमतको राय वा पार्टीका क्षणिक हितहरू सर्वहारावर्गका मूल हितहरूसित बाझिएका हुन्थे । यस्ता बेलाहरूमा लेनिन कहिल्यै हिचकिचाउनुभएन र उहाँले पार्टीको बहुमतका विरुद्ध सिद्धान्तको समर्थनमा अविचलित रूपले आफ्नो अड्डी लिनुभयो ।” (स्टालिनका छानिएका रचनाहरू” नेपाली संस्करण, अनु. कृष्णदास, पृष्ठ ८५)

लेनिनको जीवन निरन्तर सङ्घर्षको जीवन थियो र उक्त सङ्घर्षको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा सर्वहारावर्गको सच्चा पार्टी निर्माण माक्र्सवादका क्रान्तिकारी शिक्षाहरूको रक्षाका लागि र सर्वहारावर्गीय आन्दोलनभित्र रहेका विभिन्न खालका गैरसर्वहारा विचारहरूका विरुद्ध जस्तो कि अर्थवाद, अवसरवाद, संशोधनवाद, वामपन्थी सङ्कीर्णतावाद, क्रान्तिकारी शब्दाडम्बरवाद आदिका विरुद्ध सङ्घर्ष रहेको थियो । सो सङ्घर्षमा उनी विचलित भएनन् र आफ्नो महान् लक्ष्यको सिद्धीकरणका लागि अडिग रूपमा लडिरहे । यससम्बन्धमा फ्रान्सेली लेखक हेनरी बार्बुस्सेको भनाइ निम्न प्रकारको छ :
“…जुन शिक्षामा उनले आफ्नो आस्था राखेका थिए, जुन शिक्षाको विकासका निम्ति उनले त्यतिका काम गरेका थिए, त्यससित बाझिएका कुनै पनि विचारको प्रलोभन, जुन सिद्धान्तकारहरूलाई उनले आखिरमा गएर आधुनिक यथार्थमा (भविष्यमा पनि त्यसको अस्तित्व रहने गरी) कार्यान्वित गरेका थिए त्यससित बाझिने कुनै पनि विश्वास कहिल्यै पनि उनका लागि कुनै मोहको विषय बनेन ।

“उनको विचारमा हामी विचलनको कुनै चिह्न पाउँदैनौँ किनभने उनी कहिल्यै पनि विचलित भएनन् ।” (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ २२६)
सिद्धान्तप्रति लेनिनको अविचल आस्था र निष्ठा सो सिद्धान्तबाट हुने कुनै पनि विचलनप्रति र त्यसको कार्यान्वयनमा बाधा हाल्ने कुनै पनि व्यक्तित्वप्रति उनको दृढ विरोध र सङ्घर्षसित अभिन्न रूपमा गाँसिएको थियो । त्यस्तो विचलन—बाधक तत्वप्रति उनको मेल हुनै नसकिने, एक प्रकारले शत्रुतापूर्ण व्यवहार रह्यो । त्यसले गर्दा आफ्ना धेरैजना मित्र र सहयोद्धाहरूसित उनको सम्बन्ध टुट्न गयो र तिनीहरू उनका विरोधीमा फेरिए । उक्त कुरा एक प्रकारले स्वाभाविक र अनिवार्यजस्तो भए पनि, त्यसले लेनिनलाई बडो दुःखी पारेको थियो । रुसी लेखक इम्मान्युल काजाकेविकले यस कुरालाई निम्न शब्दमा दर्साएका छन् :

“ती बीस वर्षको समयमा तिनीहरूले कत्रा क्षतिहरू बेहोरेका थिए ! पुरानो इस्क्रामा रहेका उनका सहयोद्धाहरू– बडो विद्वान् प्लेखानोब, प्रतिभाशाली मार्तोब, क्षमतावान् अक्सेलरोड, दयालु र असल वेरा जासुरिक– तिनीहरू अहिले शत्रु, अशाम्य, निर्मम शत्रु रहे । निम्नपुँजीपति वर्गका अधकल्चो विचारधारालाई प्रतिबिम्बित गरेका कारणले गर्दा तिनीहरू शत्रु बनेका हुन् भन्ने सोच्दा आफू ढुक्क रहनु सम्भव त होला – त्यो साँचो हो– तर त्यो कुनै सान्त्वनाचाहिँ थिएन । मित्रता र संलग्नता टुटेका थिए, उनी आफूबाट आफ्नै रगत–मासुका भागहरू अलग पारेझैँ, मित्रहरूबाट छुट्टिन बाध्य रहेका थिए । निम्न–पुँजीपतिवर्गका तरल विचारधाराबारे सारा सैद्धान्तिक कुरा हुँदाहुँदै पनि, उनीहरूसित– प्लेखानोब र मार्तोबसित– फेरि मेलमिलाप हुने सम्भावना रहेको भए, उनी कति खुसी हुने थिए होलान्, उनलाई कति सुख प्राप्त हुने थियो होला । वर्तमान क्रान्तिले स्पष्ट रूपबाट सदाका लागि उनीहरूलाई अलग पारिदिएको छ ।”( इमानुयल काजाकेविक, ‘निलो पुस्तक’, अं.सं., पृष्ठ ९४)

सिद्धान्तप्रति लेनिनको इमानदारी तथा आस्थाका कारणले गर्दा उनका अनेकौँ मित्र तथा सहयोद्धाहरू उनीबाट अलग्गिए र त्यसलाई उनले एउटा ठूलो दुःखपूर्ण घटनाका रूपमा लिएका थिए । दुःखको घटना किनभने तिनीहरूले उनको सैद्धान्तिक तथा व्यावहारिक कार्यमा सघाउ र सहयोग गरेका थिए । ती सहयोद्धाहरू निश्चय पनि विद्वान् र प्रतिभाशाली थिए तर लेनिनको उचाइ तिनीहरूको भन्दा बढी अग्लो थियो र उनको व्यक्तित्व अपूर्व खालको थियो । स्टालिनले लेनिनलाई अन्य नेताहरूको दाँजोमा “उच्चतम दर्जाका नेता, पहाडी चील” (“स्टालिनका छानिएका रचनाहरू” (नेपालीमा), पृष्ठ ८२) को संज्ञा दिएका थिए । ब्रिटिस लेखक जर्ज बर्नाड शा लेख्छन् :

“लेनिन त्यस्ता मानिसहरूको जमातमा मात्र एकजना थिए, जसमध्ये कोही अत्यधिक असाधारण, अपूर्व र अनुपम बुद्धिका थिए– यस्ता मानिसहरू जसमध्ये कोही कुनै एउटा कुरोमा स्वयम् लेनिनभन्दा माथि थिए र त्यसले गर्दा लेनिन आफ्ना धेरै काममा तिनीहरूको सहयोगका लागि आभारी थिए– तर पनि असाधारण, विशिष्ट मानिसहरूको सो समूहमा उनको एउटा अनुपम व्यक्तित्व रहेको थियो ।” ( “लेनिनको चरित्र–चित्रण,” पृष्ठ १९२)

ठीकसित के भनिएको छ भने ‘माक्र्सवाद कुनै जडसूत्र होइन, बरु कार्यमा एउटा पथप्रदर्शक हो ।’ वास्तवमा माक्र्सवादमा अन्तर्निहित शक्ति ठोस परिस्थितिमा त्यसको प्रयोगमा प्रस्फुरित हुन्छ । लेनिनको मामिलामा उक्त प्रस्थापनाले बडो सशक्त तथा यथार्थ रूपमा अभिव्यक्ति प्राप्त ग¥यो । लेनिनको बौद्धिक क्षमता, साहस तथा दृढसङ्कल्पसित एकजुट भएर उक्त सिद्धान्त उनका निम्ति ठोस परिस्थितिको ठीकसित विश्लेषण गर्ने र ऐतिहासिक विकास कुन दिशातर्फ लागिरहेको छ त्यसको ठीकसित निरूपण गर्ने र सर्वहारा आन्दोलनलाई सही दिशामा निर्देशित गर्ने आधार बन्यो । यस सम्बन्धमा अमेरिकी लेखक जोन रिड भन्छन् :

“एकजना अनौठो जननेता– एकदमै बुद्धिका आधारमा बनेका नेता : सफा र सरल, रसिकताहीन, सम्झौताहीन तथा निर्लिप्त, चित्रवत् सनकको अभाव रहेका– तर गम्भीर विचारलाई साधारण शब्दमा व्याख्या गर्ने, ठोस परिस्थितिको विश्लेषण गर्ने शक्ति भएका नेता । कुशाग्रबुद्धिसित गाँसिएको महान्तम बौद्धिक साहस ।”

जोन रिडको उक्त भनाइले महान् सिद्धान्तकारका रूपमा लेनिनमा रहेको क्षमता र गुणलाई सामान्य रूपमा खुलस्त पारेको छ । लेनिनको चरित्रमा रहेको एउटा अर्को विशेषतालाई हेनरी बार्बुस्सेले निम्न रूपमा दर्साएका छन् ः
“हामीले लेनिनकोअर्को एउटा कुशलतालाई जनाउनुपर्छ– जस्तोसुकै परिस्थितिमा पनि समचित्तता र अनुद्वेग कायम राख्ने क्षमता । अर्को कुरा के भने यो क्षमता जन्मजात चारित्रिक गुण वा कुनै भाग्यमानी स्वभावको प्रवृत्ति थिएन, बरु यो सचेत तथा विधिवत् प्रयत्नको परिणाम थियो । उनलाई कुन कुरा थाहा थियो भने उनको जीवनको अर्थ रहेका उनका राजनीतिक गतिविधिहरूका लागि उक्त अनुद्वेग एउटा आवश्यक सर्त हो । त्यसैले उनले सो गुणलाई नछाडीकन विकसित गरे र त्यसलाई कायम राख्न सदा प्रयत्न लगाए ।”

एक सच्चा चिन्तकमा हुनुपर्ने एकाग्रता, तल्लीनता लेनिनमा पर्याप्त मात्रामा रहेको थियो । साँचो भन्ने हो भने, उनी सैद्धान्तिक चिन्तनमा चाहिने बलियो एकाग्रचित्तताका एक उत्कृष्ट प्रतीक थिए । सो विशेषता उनको एउटा अत्यधिक महत्वपूर्ण गुण थियो ।

कृष्णदास श्रेष्ठको ‘लेनिनका विलक्षण चारित्रिक गुणहरू : लेनिन कस्ता थिए ? पुस्तिकाको अंश ।
२०७५ वैशाख १४ गते शुक्रबार बिहान ८ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :