बेपत्ता योद्धा पौडेलकी जीवनसंगिनी आस्था भन्छिन्, “सहयात्रीहरुले बाटो विराए तर हामी अविराम क्रान्तिको यात्रामा छौँ”

 

 

 

 

 

 

 

 

काठमाडौँ : २०५९ वैशाख १३ गते पक्राउ गरिएका अखिल (क्रान्तिकारी)का तत्कालीन महासचिव पूर्ण पौडेलको अवस्था अझै अज्ञात छ । उनलाई तत्कालीन शाही सेनाले काठमाडौँको कालिमाटीबाट गिरफ्तार गरेको थियो । तर डेढ दशक वितिसक्दा पनि पौडेल बेपत्ता छन् । हरेक वर्ष वैशाख १३ गतेलाई अखिल (क्रान्तिकारी)ले पौडेल लगायत बेपत्ता पारिएकाहरुको स्मृतिमा बेपत्ता योद्धा दिवसको रुपमा सम्झने गर्दछ । बेपता योद्धा दिवस अर्थात पूर्ण पौडेललाई बेपत्ता पारिएको दिन उनकी जीवन संगीनी सावित्रा दुरा ‘आस्था’ले सामाजिक संजालमा आफ्नो लागि वैशाख १३ गते कालो दिन भएको बताएकी छिन् । उनले आफ्नो प्यारो मान्छे पुर्ण पौडेल ‘विश्वास’को क्रान्ति, वर्ग प्रतिको निष्ठा भाव, लगाव, उर्जा र समर्पन भावले आफुलाई सधैं भरी प्रेरणा दिइरहने बताएकी छिन् । हाल नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्यूरोको इन्चार्ज समेत रहेकी आस्थाले पौडेलको खोजीमा आफ्नो परिवारले डेढदशक समय बिताएपनि बेपत्ता योद्धाको अवस्था सार्वजनिक नहुनु दुखद भएको पनि वताएकी छिन् । तत्कालीन जनयुद्धमा जनसेनाको राजनैतिक कमिसार र शान्तिप्रक्रियामा सांसदको समेत जिम्मेवारी पुरा गरेकी नेतृ आस्था जुझारु त्यागी, इमान्दार र कर्मठ ब्यक्ति हुन् ।

 

बेपत्ताहरुको यथार्थ बोलेको दिन शासकहरुको चिहान त्यहीबाट खनीने डरले दलाल सत्ता योजनाबद्ध बोल्न नचाहेको भन्दै नेतृ तथा बेपत्ता योद्धा पौडेलकी पत्नी आस्थाले सँगसँगै यात्रा गरेका सहयात्रीहरुले बाटो विराएपनि आफु बेपत्ता योद्धाहरुले अबलम्बन गरेको क्रान्तिको बाटोमा अघि बढिरहने प्रतिबद्धता गरेकी छिन् । कास्की पोखरामा २०३१ कार्तिक ११ गते बुवा गंगाप्रसाद पौडेल र आमा मोतीमाया पौडेलको कोखबाट जन्मिएका पूर्ण पौडेल २०४० सालदेखी विद्यार्थी संगठनमा आवद्ध थिए । विद्यार्थी संगठनका विभिन्न जिम्मेवारीमा रहदै आएका पौडेल २०५७ सालमा केन्द्रीय समितिको महासचिव बनेका थिए । माओवादी जनयुद्धको चर्को राप बढिरहेको बेला २०५९ सालमा उनलाई तत्कालीन शाही सुरक्षा फौजले बेपत्ता बनाएको थियो । यसैविच अखिल (क्रान्तिकारी) गण्डक ब्युरोले बेपत्ता परिवारलाई बिहीबार एक कार्यक्रमविच अभिनन्दन कार्यक्रम गरेको जनाएको छ ।
२०७५ वैशाख १३ गते बिहीबार बेलुका ११ २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :