युवा अध्यक्ष बाबुरामको गिरफ्तारीमा महासचिव पाटनको आपत्ति

 

 

काठमाडौँ : योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई प्रहरीले बिनाकारण गिरफ्तार गरेका भन्दै सो संगठनका महासचिव पाटन जंगलीले आपत्ति जनाएका छन् । बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न पाउने , नागरिकको मौलिक अधिकारलाई लत्याउदै सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको बताएका छन् । साथै, विज्ञप्तिमा वाम गठबन्धन सरकारद्वारा देशैभरी गरिएको दमन र धरपकडको विरोध गर्दै पक्राउ गरिएका रेड फोर्सका अध्यक्ष राईलाईलगायत सबै नेताकार्यकर्तालाई बिनासर्त रिहाइको माग गरिएको छ । रिहाइ नगरिए चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
२०७५ वैशाख १३ गते बिहीबार बेलुका ९ ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :