महिला नेतृ उपाध्याय गिरफ्तार

काठमाडौँ  : नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार उपाध्यायलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो । उनी पूर्व सभाषद समेत हुन् । पक्राउको कारणबारे प्रहरीले केही बताएको छैन । दिउसो मात्र नेकपा निकट योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई पक्राउ गरेको छ । राईसँगै पूर्व विद्यार्थी नेता सफल अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ओली दाहाल सरकार गठनसँगै राजनैतिक आस्थाकै आधारमा नेकपाका नेताकार्यकर्तामाथि दमन र धरपकट बढिरहेको छ । नेकपाका र उसका जनवर्गीय संगठनहरुका खुल्ला सभा सम्मेलनहरुमा समेत प्रशासनले हस्तक्षेप गर्दै आएको छ । शान्तिपूर्ण कार्यक्रममा दमन गरेर सरकारले नेकपा र उसका पक्षधरहरुलाई उत्तेजीत बनाएको छ ।

२०७५ वशाख १३ गते बेलुका ८ : ००  मा  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :