गिरफ्तार विद्यार्थी नेताहरु तुरुन्त रिहा गर : अखिल (क्रान्तिकारी)

 

 

काठमाडौँ  : अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका महासचिव प्रकाश शाही, केन्द्रीय सदस्य ललित विक, त्रिचन्द्र इकाई अध्यक्ष रविन केसीलगायतलाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै बिना शर्त रिहाइको माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । साथै, खुल्ला रुपमा संगठनको सम्मेलन गरिरहेकै बेला प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहा नगरे संघर्षका कार्यक्रम घोषणा गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
२०७५ वैशाख १३ गते बिहीबार बिहान ११ ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :