पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिशेष ब्युरोले प्रहरीले आफ्नो पार्टीका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ । उपत्यका बिशेष ब्यूरोका इन्चार्ज प्रज्वलले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले गैर न्यायीक तरिकाले धरपकट एवं राज्य आतंक मच्चाएको बताएका छन् । विज्ञप्तिमा घरमा बसिरहेका, बाटोमा हिडिरहेका, व्यक्तिगत काम गरिरहेकाहरुलाई पनि प्रहरीले आस्थाकै आधारमा पक्राउ गरेको उल्लेख छ । यस्तै प्रहरीले नेकपाका नेता कार्यकर्ताहरुको घरहरुमा छापा मार्ने मात्र नभई उनीहरुका आफनन्तजनहरुका घरहरुमा समेत छापा मार्ने आतंकित पार्ने र दुःख दिने गरेको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै प्रहरी प्रशासनलाई उक्त हर्कत बन्द गर्न आग्रह गर्दै आफ्ना पक्राउ गरिएका नेता–कार्यकर्ता बिनाशर्त रिहाई गर्न माग गरिएको छ । अन्यथा आफ्नो पार्टी शसक्त प्रतिरोधमा उत्रने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । प्रस्तुत छ विज्ञप्तीको पूर्ण पाठ–

२०७५ वैशाख १२ गते बुधबार अपरान्ह ५ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :