मानविकी क्याम्पसमा अखिल (क्रान्तिकारी)को सम्मेलन

 
 
 काठमाडौँ  :  अखिल (क्रान्तिकारी)ले नेपाल मानविकी क्याम्पस आर आरको एकाई सम्मेलन सम्पन्न गरेको छ । ‘मानविकीमा आधुनिक क्रमभंगताका लागि हाम्रो आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्न सुदृढ संगठन’ भन्ने नाराका साथ सम्पन्न भएको सम्मेलनले रमेश सुनारको अध्यक्षतामा २१ सदस्यीय एकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दिपेश लुइटेल, सचिवमा जयन्ती सिजापती, सह सहसचिवमा राम मगर र कोषाध्यक्षमा निर्मला खडका रहेका छन् । सम्मेलनमा अखिल(क्रान्तिकारी)का महासचिव प्रकाश शाही, केन्द्रीय समिति सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज ललित विक, केन्द्रीय सदस्य हर्क विक, क्याम्पस जिल्लाका पूर्व नेता दिपेश शाही, क्याम्पस जिल्लाका पूर्व नेताहरु विनोद लुइटेल, महेन्द्र तामाङ, क्रान्तिकारी (माओवादी) निकट क्रान्तिकारी विद्यार्थीका केन्द्रीय सदस्य रेशम श्रेष्ठ लगायत उपस्थित थिए । सम्मेलनको अध्यक्षता दिनेश रावलले गरेका थिए । 
 
२०७५ बैशाख १२ गते बुधबार ५ :२० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :