अखिल क्रान्तिकारीका महासचिब गिरफतार

काठमाडौ : नेकपा निकट अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीलाई प्रहरीले काठमाडौंको प्रदर्शनीमार्गबाट पक्राउ गरेको छ । बुधवार दिउसो नेपाल मानविकी क्याम्पसको इकाई सम्मेलन सकेर बाहिर निस्कीन वित्तिकै शाहीलाई प्रहरीले पक्राउ गरेको हो । शाहीसँगै क्रान्तिकारीका केन्द्रीय सदस्य ललित बिक र जिल्ला सदस्य रविन केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको कारण बताएको छैन । अखिल (क्रान्तिकारी)ले भने आफ्ना संगठनका नेताकार्यकर्तालाई आस्थाकै आधारमा विनाकारण पक्राउ गरेको बताएको छ ।
२०७५ बैशाख १२ गते दिउसो ४ : २५बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :