नेकपा मकवानपुर सेक्रेटरी पक्राउ

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी रामबहादुर घलान ‘वाटर’लाई प्रहरीले पक्राउ गरेको छ । घलानलाई हेटौडा उपमहानगरपालिका १४ बाट पक्राउ गरेको हो । प्रहरीले आफ्ना जिल्ला स्तरिय नेतालाई विनाकारण पक्राउ गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्यूरो इन्र्चाज मिलनले तत्काल विनाशर्त रिहाईको माग गरेका छन् । बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै मिलनले जनश्रम गरिरहेकोबेला पक्राउ गरेको भन्दै घलानलाई तत्काल रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिकोको जिम्मेवार प्रहरी प्रशासन हुने भन्दै चेतावनी दिएका छन् ।
thumbnail of Bizpti Watar Giraphtari
२०७५ बैशाख १२ गते बुधबार ३ ४० बजे प्रकाशित 
 
 
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :