योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवस’लाई प्रहरीले पक्राउ गरेको छ । राईलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको सो संगठनले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन । नेकपा श्रोतले भने राजनैतिक आस्थाकै आधारमा युवा संगठनका अध्यक्ष राईलाई प्रशासनले पक्राउ गरेको बताएको छ ।

२०७५ बैशाख १३ गते बुधबार ४ :०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :