अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

 

काठमाडौँ :  निजी विद्यालयले भर्नाको समय पारेर छताछुल्ल शुल्क उठाएर भर्ना गरिरहेको अवस्थामा नेपाल सरकार
शिक्षा मन्त्रालयले कुनै वास्ता नगरेपछि अखिल क्रान्तिकारीले मंहगा विद्यालयहरुमा ताला लगाएर प्रारम्भिक चरणको आन्दोलन शुरु गरेका छन् ।  अखिल क्रान्तिकारीले यस अघि शिक्षा मन्त्रालयका सचिवलाई निजी विद्यालयले गरेको मनोमानी र चर्को शुल्क लिएको भन्दै तुरुन्त रोकी निजी शिक्षा निर्देशिका बमोजिम अनुगम, नियमन र निरिक्षण गर्ने माग राख्दै आएको थियो । सोमबार मात्र काठमाडौंमा अन्तरक्रिया गरी शिक्षाका समस्याहरु स्पष्ट पारेको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले चेल्सी इन्टरनेशनल, पाठशाला, भिएस निकेतन,  मेरिडियन, काष्ठमण्डप, लोयल्टी, बागमती, ग्यालेक्सी लगायत प्याब्सनको केन्द्रीय कार्यालयमा ताला लगाएको जानकारी दिनु भएको छ ।

२०७५ वैशाख १२ गते बुधबार ९ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :