नेकपाका गोरखा इन्चार्ज रिहा

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल मंगलबार रिहा भएका छन् । कुमाललाई चैत २१ गते प्रहरील गोरखा १० किलो स्थित उनकै घरबाट गिरफ्तार गरेको थियो । एनसेलको मोबाइल फोन टावरमा आगजनी गरेको र डोजरमा आगो लगाएको आरोपमा कुमाललाई पक्राउ गरेको थियो ।
तर नेकपा गोरखाले भने उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको प्रस्ट पारेको थियो । साथै, अस्वस्थ रहेर घरमा नै आराम गरिरहेको बेला झुठा मुद्धामा आफना कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै कुमाललाई तत्काल बिना शर्त रिहाइको लागि दबाव दिदै आएको थियो

२०७५ वैशाख ११ गते मंगलबार अपरान्ह  ९ : ३८ मा प्रकाशित
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :