अखिल (क्रान्तिकारी) शंकरदेवको सातौं सम्मेलन

 
 
 
काठमाडौं : ‘व्यवस्थापन संकायले देशकै व्यवस्थापन गर्नुपर्ने युगको आह्वान ! प्राज्ञिक वातावरण निर्माणका लागि भ्रष्टाचार र गुण्डागर्दीका विरुद्ध मुकाविला गर्न सातौं इकाई सम्मेलन !!’ भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी)ले काठमाडौं शंकरदेव क्याम्पसको सातौं इकाई सम्मेलन सम्पन्न गरेको छ । मंगलबार सम्मेलनले निगम भण्डारीको अध्यक्षतामा २ पछि थप्नेगरी १९ सदस्यीय इकाई समिति गठन गरेको हो । जसको उपाध्यक्षमा विकास शर्मा, सचिव सौरभ अर्याल, सहसचिव विष्णु केसी, कोषाध्यक्ष सरोज विक रहेका छन् । सम्मेलनमा क्रान्तिकारीका महासचिव प्रकाश शाही, काठमाडौं क्याम्पस जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ललित विश्वकर्मा, पुर्व केन्द्रीय सदस्य तथा शंकरदेव क्याम्पसका नेता दिपेन्द्र गौतम, महेन्द्र ओली, क्याम्पस जिल्लाका पूर्व नेता विनोद लुइटेलको उपस्थिति रहेको थियो । 
 
२०७५ वैशाख ११ गते मंगलबार ६ : ५५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :