अनेमसंघ क्रान्तिकारी कपिलवस्तुको भेला 

 
 
काठमाडौँ  : अखिल नेपाल महिला संघ क्रान्तिकारी कपिलवस्तुको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कमला विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई नेकपाका केन्द्रीय सदस्य भेषराज भुषालले उद्घाटन गरेका थिए । भेलामा कपिलवस्तु इन्चार्ज संगम, संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज कल्पना सुवेदीको पनि उपस्थिति थियो । भेलालाई सम्बोधन गर्ने बक्ताहरुले वर्गीय मुक्तिबिना महिला मुक्ति सम्भव नभएकोले बास्तविक महिला मुक्तिको लागि बैज्ञानिक समाजवादको स्थापना अनिवार्य भएको बताए । उनीहरुले वर्तमान संसदीय ब्यवस्थाका विरुद्ध सम्पुर्ण महिलाहरु आन्दोलीत हुनुपर्ने बताए ।
 
२०७५ बैशाख ११ गते बेलुका ६ बजे प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :