घरमा आगलागी भएपछि परिवारको विचल्ली

रोहित ढकाल / जनकपुर : सिन्धुली जिल्लाको हरीहरपुरगढी गाउँपालिका वडा नं. ८, कालिलेख स्थित लच्छु थिङको घरमा आगलागी भएपछी उनको परिवारको विचल्ली भएको छ । आज दिउसो २ वजे भएको उक्त आगलागीबाट लत्ताकपडा, अन्न खाद्यान्न लगायत घर भित्र भएका सबै सामान जलेर नस्ट भएका छन् । हावाहुरीका कारण आगलागी भएको जनाईएको छ । उक्त आगलागीबाट मानवीय क्षती भने भएको छैन । वर्ष भरी खानसमेत नपुग्ने अत्यन्तै गरिब परिवारका लच्छुको घरमा आगलागी भएपछी उनका ६ वटा बालवच्चा र परिवारको विचल्ली भएको छ । थिङ नेकपाका उक्त वडाका वडा सेकेटरीसमेत रहेका छन् ।

२०७५ वैशाख १० गते सोमबार अपरान्ह  ५ : २५ मा प्रकाशित
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :