यो व्यवस्थाले शिक्षाका समस्या समाधान गर्दैन 

 
 
काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले “वर्तमान शिक्षाका समस्या र समाधानका उपायहरु” विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठनले सोमबार सम्वाद डवलीमा गरिएको कार्यक्रममा गुणराज लोहनीले कार्यपत्र पेश गर्नु भएको थियो । कार्यपत्र पेश गर्दै उहाँले “विद्यालय भर्ना भएता पनि पनि ३८ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० पूरा गर्ने गरेका छन् । अहिले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिएकाले केवल १० प्रतिशतले मात्र विद्यालय शिक्षा पूरा गरेको”बताउनु भएको छ । संविधान—२०७२मा शिक्षालाई मौलिकहक भनिएता पनि शिक्षामा तीब्ररुपमा निजीकरण बढिरहेको छ, यसलाई नियमन, अनुगमन र निरिक्षण गर्ने कुनै षंयन्त्र नभएको, सरकार चलाउनेहरुले निजी विद्यालयहरु सञ्चालन गरिराखेको, अहिले प्रचण्ड, केपी ओलीहरु विद्यार्थी भर्ना र अभिभावकत्व ग्रहणका नाममा सेलिब्रेटी भैराखेको बताउनु भयो । शिक्षाले कि त विदेश पलायन हुने कि त उद्यमशिल नहुने जनशक्ति उत्पादन गरेको बताउनु भयो । संविधानमा समाजवाद उन्मुख भनिए पनि यो राज्य दलाल पुँजीवादी भएकाले शिक्षामा रहेका कुनै पनि समस्या समाधान नहुने कुरा बताउनु भयो ।

लोहनीले प्रस्तुत गरेको कार्यपत्र माथि टिप्पणी गर्दै प्राध्यापक तथा शिक्षाविद् डक्टर मनप्रसाद वाग्लेले कार्यपत्रले उठाएका समस्याहरुप्रति सहमति हुँदै यो व्यावहारिक रुपमा समाजवाद लागू नहुने कुरा बताउनु भयो । सामाजिक शिक्षा ढुब्यो भनें देश ढुब्छ । विद्यार्थीले लडाई गर्नु पर्छ । धारा ३१ मा उल्लेख गरे अनुसार सबैका सन्तानलाई निःशुल्क शिक्षा हुनुपर्छ । ड्रेस, खाजा, शुल्क, किताव निःशुल्क हुनुपर्छ । निजी विद्यालय बन्द  नै गर्नु पर्छ । शिक्षामा बजेटको २० प्रतिशत भयो भनें निःशुल्क हुन्छ । त्यसैले बजेट बढाउने आन्दोलन गर्ने । व्यावस्थापिका, कार्यपालिका, न्यायपालिका सबै पदाधिकारीहरु जसले निजी विद्यालय खोलेमा तालाठोक्नु पर्छ । खेतान र चौधरी ग्रुपमा स्कूलहरु तालालगाउनु पर्छ । भन्नु भयो ।त्यसैगरी शिक्षा मन्त्रालयका सहसचिव डाक्टर हरी लम्सालले शिक्षाको अर्थराजनीतिका बारेमा मैले केही कुरा राखेको छु । शिक्षालाई बस्तुको रुपमा लिने देखिएको छ । अहिलेको शिक्षा सर्प पाल्नेको कथा जस्तो भएको छ ।शिक्षाको सातौं संशोधनले विद्यालयको नामको जग्गा कम्पनीमा गयो । शिक्षा मन्त्रालयको हैसियत ब्वाँसो र पाठोको कथा जस्तो भएको छ । भन्नु भयो ।   अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष छचिरञ्जीवि ढकालले शिक्षाका क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्न चौतर्फी आन्दोलन गर्ने कुरा बताउनु भयो । उक्त कार्यक्रममा प्याब्सनका अध्यक्ष विजय साङ्हाम्फे, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, नेविसंका प्रवक्ता प्रेम जोशी, अखिल पाँचौंका घनश्याम मिश्रा, नयाँ शक्ति विद्यार्थी युनियनका श्यामबाबु गौतम र अखिल छैठौंका अध्यक्ष विमल पोख्रेलले बोल्नु भएको थियो । अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अपाध्यक्ष रुप भट्टराईले दिनु भएको थियो भनें सचिव सन्तोषी भट्टराई खादा लगाइ स्वागत गर्नु भएको थियो । 
२०७५ वैशाख १० गते सोमबार अपरान्ह  ५ : १३ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :