जनप्रतिनिधि सभा लम्जुङको दोस्रो अधिवेशन सम्पन्न

 

 

 

काठमाडौँ : लम्जुङ जिल्लाको जनप्रतिनिधि सभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनले नारायण कुँवरको अध्यक्षतामा २१ सदस्यीय निर्वाचित भएको छ । जिल्ला जनसरकार प्रमुखमा दिलबहादुर गुरुङ (गौरव) ९ सदस्यीय र २१ सदस्यीय जनप्रतिनिधि सभा गठन गरिएको छ । लेनिन जयन्ती तथा पार्टीको स्थापना दिवसको अवसर पारेर लम्जुङ जिल्लामा दोस्रो अधिवेशन सम्पन्न भएको बताइएको छ । प्रमुख अतिथि सन्तोष बुढामगर, अतिथिमा सावित्रा दुरा (आश्था), तमुवान स्वायत्त प्रदेशका प्रमुख किसानसिंह गुरुङ, जिल्ला इन्चार्ज निरु थापा, सेक्रेटरी सन्तोस कोइरालाको आतिथ्यतालगायत सयौं प्रतिनिधिको उपस्थितिमा अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि बुढामगरले ओलीले नेतृत्व गरेको संसदीय व्यवस्थाको सरकारले समृद्धिको नारा दिएर जनतालाई जुक्याउने र भारतसँग राष्ट्रघाती सन्धी सम्झौता गरेर देशलाई कंगाल बनाउन लागेको बताउनु भएको छ । उहाँले अर्को फरक प्रशंगमा ओली र प्रचण्डको गठनबन्धनलाई वाम भनिए पनि कम्युनिस्ट खोल ओडेका ब्वाँसाहरु भएको समेत बताउनु भएको छ ।
२०७५ वैशाख १० गते सोमबार अपरान्ह ३ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :