बेपत्ता पारिएका सेक्रेटरी युगेनलाई रिहा नगरेमा कडा संघर्ष गर्ने – नेकपा मोरङको चेतावनी

 
उदय राई ‘युगेन’

सेक्रेटरी, माेरङ

 
काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीले  पार्टीका मोरङ जिल्ला सेक्रेटरी उदय राई (युगेन)लाई तत्काल सार्वजनिक  गरी रिहा नगरे थप संघर्ष गर्ने चेतावनी दिएको छ ।  सोमबार अपरान्ह मोरङका इन्चार्ज पुष्करले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार गिरफ्तार परेका सेक्रेटरी युगेनलाई रिहा गर्न गर्न सरकारलाई आग्रह गरेका छन् ।  “जनताको गाँस, वास, शिक्षा, स्वास्थ्य रोजगारको कुरा छोडौँ, आफू के गरी  कमाउन सकिन्छ, के नारा दिएर, के भन्दा आफ्नो अनुहारको मुकुण्डो  छोप्न सकिन्छ भन्ने सरकार त्यतातिर लागिरहेको ” विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी अखिल नेपाल किसान संघ क्रान्तिकारीका सिन्धुलीको अध्यक्ष अजुर्नलाई  हरिहरपुरगडी ६ बाट आइतबार प्रहरीले गिरफ्तार  गरेको छ ।  त्यस्तै  नेकपा सर्लाही जिल्लाका हरिवन १० का सदस्य ज्ञानबहादुर घिसिङलाई प्रहरीले आज बिहान गिरफ्तार गरेको छ ।प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठ– 
 
२०७५ वैशाख १० गते सोमबार  अपरान्ह १ ३० मा प्रकाशित 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :